७ वैशाख २०८१ शुक्रबार
समाज

उपराष्ट्रपति पुनको निवास अब 'ग्रीनहाउस’मा

काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनले निवास सरेका छन्। बुधबार उनले अहिले बस्दै आएका गैह्रीधारास्थित सरकारी निवासबाट लैनचौरस्थित उपराष्ट्रपतिको भवन ‘ग्रीनहाउस’मा सरेका हुन्।

पुनले आज अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवसको अवसर पारेर उपराष्ट्रपति भवनमा सरेका हुन्। मन्त्रीपरिषद्को गत भदौ २१ गतेको बैठकले समाज कल्याण परिषद्को कार्यालय रहेको भवनलाई उपराष्ट्रपतिको कार्यालय तथा निवासका लागि (उपराष्ट्रपति भवन) सञ्चालनमा ल्याउने निर्णय गरेको थियो।

वातावरण मैत्री हरियो रङले रङ्ग्याइएको उक्त भवनलाई ‘ग्रीनहाउस’ नामाकरण गरिएको छ। सामान्य मर्मत सम्भारपछि पुन सरेका हुन्। उपराष्ट्रपति भवनको मर्मतको काम बाँकी रहेकाले कार्यालय भने केही दिनपछि मात्रै सर्नेछ।

उपराष्ट्रपतिको कार्यालय हाल निर्वाचन आयोगको भवनभित्रै रहेको छ। यसअघि उपराष्ट्रपतिको निवास र कार्यालय फरक–फरक स्थानमा भएकोमा अब एकै स्थानमा हुनेछ।

प्रकाशित: १८ वैशाख २०७६ १०:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App