८ वैशाख २०८१ शनिबार
समाज

प्रहरीको पेस्तोल लुटेर तस्कर फरार

कमलेश ठाकुर

जनकपुरधाम- धनुषाको मुखियापट्टी मुसहर्निया गाँउपालिकामा तस्करहरूको एक समूहले प्रहरीको पेस्तोल लुटेर फरार भएका छन्।

बुधवार बिहान २ बजेको समयमा तस्करहरूको समूहले गस्तीमा रहेका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक प्रमोद कुमार साहसँग रहेको पेस्तोल १ थान र त्यसको म्यागेजिन समेत लुटेका हुन्।

नेपालबाट भारत तर्फ अवैध रक्सी तस्करी गर्ने २५ जनाको समूहले आक्रमण गरी पेस्तोल लुटेर फरार भएको प्रहरीले जनाएको छ। हाल घटनास्थलमा धनुषाका प्रहरी नायव उपरीक्षक ज्ञान कुमार महतोको नेतृत्वमा प्रहरीको टोली परिचालन गरिएको छ।

पेस्तोल लुट्ने तस्करहरुको खोजी भइरहेको र छिट्टै तस्कर पक्राउ गर्ने उनले बताए। तस्करहरु ठूलो संख्यामा रहेकाले प्रहरी निरीक्षक साहलाई नियन्त्रणमा लिएर पेस्तोल लुटेको प्रहरी नायव उपरीक्षक महतोले जनाए।

 

 

प्रकाशित: १८ वैशाख २०७६ ०८:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App