coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दुर्घटनाले संकटमा परेको दुर्गाप्रसादको परिवार

काठमाडौं - ज्वालामुखी गाउँपालिका वडा २ मैदीका दुर्गाप्रसाद तिवारी २०७४ वैशाख १३ गते बुवाको दमको उपचार गर्न काठमाडौं आउँदै थिए। बुवाको उपचार गर्न आएका उनी पृथ्वी राजमार्गको एक्लेफाँटमा दुर्घटनामा परे।

उपचारका लागि काठमाडौं आएका बुवालाई दुर्घटनामा खासै चोट लागेर तर दुर्गाप्रसादलाई भने टाउकोमा गम्भीर चोट लाग्यो। बुवाको उपचारका कहाँ हो कहाँ उनी आफैं राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना हुन पुगे।

उनी कति गम्भीर भए भने टाउकको हड्डी नै प्रत्यारोपण गर्नुप-यो। त्यसमा पनि पटकपटक अपरेसन गर्नुप¥यो। अवस्था कति जटिल बनेको छ भने उनको स्वास्थ्य अवस्थामा अझै सुधार आउन सकेको छैन। श्रीमती शकुन्तला र छोरीहरु उपचार रकम जोहो गर्न कहिले यता कहिले उता दौडधूप गरिरहेका छन्। साथीभाइ र शुभेच्छुकहरुले पनि दुर्गाप्रसादको उपचारका लागि सकेको सहयोग गरेकै हुन्।

तर दुई वर्ष देखिको निरन्तर उपचारका क्रममा उनीहरुको ५५ लाख रुपैयाँ भन्दा बढी खर्च भइसकेको श्रीमती शकुन्तला भक्कानिँदै सुनाउँछिन्। ‘भात खाने खेत पनि बेचेर उपचार खर्च जाहो ग¥यौं,’ बोल्दा बोल्दै उनका गला अवरुद्ध भए, ‘श्रीमान्लाई अझै ठीक भएको छैन। यतिन्जेल त उपचार ग¥यौं तर अब त उपचारका लागि पैसै छैन।’ दुई वर्षदेखि उपचार गराइरहेका दुर्गाप्रसादको स्वास्थ्यमा खास सुधार आउन सकेको छैन भने दमका रोगी बुवा पनि गत वर्ष बिते।

उनको स्वास्थ्य समस्या विगत केही दिन यता अझ बल्झिएको छ। समस्या बल्झिएपछि उनलाई केही दिनदेखि महाराजगन्जस्थित शिक्षण अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गराइराखिएको छ। मध्यमवर्गीय परिवारका दुर्गाप्रसादको परिवार यतिखेर उपचार खर्च जुटाउँदा जुटाउँदै नराम्ररी आर्थिक संकटमा फसेको छ।

दुर्घटनमा परेका धादिङ ज्वालामुखी गाउँपालिका– २ मैदीका दुर्गाप्रसाद तिवारीको उपचारका लागि ५५ लाख रुपैयाँ भन्दा बढी खर्च भइसकेको छ। छोरी कशुमले कक्षा १२ पढेबापतको शुल्क तिर्न सकिएको छैन। कान्छी छोरीले हालै एसइइको परीक्षा दिएको सुनाउँदै आमा सकुन्तला भन्छिन्, ‘कुशुमले पढेको फि र्तिन नसक्दा प्रमाणपत्र निकाल्न सकिएको छैन। कान्छीलाई त प्लस टु पनि बढाउन नसक्ने भएँ।’

एकातिर उपचारका लागि आर्थिक अभाव परिवारले झेलिरहेको छ भने अर्काेतिर २०७२ को भूकम्पमा भत्केको घर बनाउन पनि सकेका छैनन्। दुर्घटनाले गाँस र भूकम्पले बास उठाएको दुर्गाप्रसादमा आश्रित दुई छोरीहरुको पढाइ अहिले प्रभावित भएको छ। जेठी छोरी कुशुमले लैनचौरको निस्ट कलेजबाट कक्षा १२ पास गरिन्। तर, उनले कलेजको शुल्क तिर्न नसक्दा कलेजले सर्टिफिकेट दिएको छैन।

‘कलेजलाई फि बुझाउन नसक्दा छोरीको सर्टिफिकेट रोकिदिएका छन्,’ शकुन्तलाले भनिन्, ‘१२ कक्षापछि अब माथ्लो कक्षामा पढाउन सक्ने अवस्था त छैन नै कलेजले कागजपत्र दिए कतै काममा लगाउनु हुन्थ्यो।’

कलेजमा कशुमले पढेबापतको शुल्क् ८५ हजारभन्दा बढी बाँकी रहेको शकुन्तलाले सुनाइन्। कान्छी छोरीले हालै एसइइको परीक्षा दिएको सुनाउँदै उनले भनिन्, ‘कुशुमले पढेको फि र्तिन नसक्दा प्रमाणपत्र निकाल्न सकिएको छैन झन् कान्छी छोरीलाई त प्लस टुसम्म पनि बढाउन नसक्ने भएँ।’ दुर्घटनामा परेपछि उनको पारिवारलाई परेको चरम आर्थिक संकटमा छोरीको अध्ययन र भविष्य नयाँ ग्रहण बनेर उदाएको छ। पेशाले कानुन व्यवसायी दुर्गाप्रसाद धादिङ बार एसोसिएसनका पूर्वअध्यक्ष पनि हुन्।

प्रकाशित: १८ वैशाख २०७६ ०७:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App