coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

ज्याकुलिन अब ‘सिरियल किलर’

मुम्बई – बलिउडकी सुन्दरी नायिका ज्याकुलिन फर्नान्डिज नेटफ्लिक्सको सिरिजमा देखिने भएकी छन्। यो सिरिजमा उनी सिरियल किलरको भूमिकामा देखिनेछिन्। सिरिजमा उनले झण्डै सयभन्दा बढी मानिसको हत्या गर्नेछिन्। सिरिजजलाई फराह खानले निर्माण तथा उनका पति शिरिष कुन्दरले निर्देशन गर्नेछन्।

ज्याकुलिनलाई पहिलोपटक उनका फ्यानले सिरियल किलरका रूपमा हेर्न पाउने भएका हुन्। हालै मात्र फिल्म निर्माता तथा कोरियोग्राफर फराहले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफुले ‘मिसेज सिरियल किलर’ वेभ सिरिजलाई दर्शकमाझ ल्याउन लागेको खुलाएकी थिइन्।

यो सिरिजमा मनोज वाजपेयीले पनि प्रमुख भूमिकामा अभिनय गर्नेछन्। मनोज सिरिजमा प्रहरीको भूमिकामा देखिनेछन्। नेटफ्लिक्स भारतले पनि सामाजिक सञ्जालमा एक पोस्ट गर्दै चाँडै नै एक ‘मिसेज सिरियल किलर’ सिरिज ल्याउने जानकारी दिएको थियो। नेटफ्लिक्सले आफ्नो प्रोजेक्टमा ज्याकुलिनलाई जोड्न पाएकोमा खुशी व्यक्त गरेको छ।

ज्याकुलिनले पनि सामाजिक सञ्जालमा आफुले नेटफ्लिक्सको नयाँ सिरिजमा काम गर्न लागेको उल्लेख गरेकी छन्। उनले चाँडै नै दर्शकमाझ सिरिज आउने भन्दै फराह र शिरिषलाई धन्यवाद व्यक्त गरेकी छन्।

प्रकाशित: १८ वैशाख २०७६ ०३:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App