८ वैशाख २०८१ शनिबार
खेल

छैन चासो माउन्टेन स्पोर्ट्समा

पोखरा- हिमालपारिको जिल्ला मनाङको चामे-३ तिमाङमा 'हाइअल्टिच्युड स्टेडियम' बन्दैछ। स्थानीयवासीले दिएको करिब ३० रोपनी जग्गामा स्टेडियम बनेपछि फुटबल, भलिबल, एथलेटिक्स, आर्चरी, हर्सराइडिङ लगायतका खेलकुदप्रतियोगिता गर्न मिल्नेछ।

'माउन्टेन स्पोर्ट्स' गतिविधिका लागि पोखरा क्षेत्रमा गरिएको यो सानो प्रयासमात्र हो। पोखरामा खेलकुदका थुपै्र प्रतियोगिता हुँदै आएपनि 'माउन्टेन स्पोर्ट्स'का गतिविधिका लागि निकै थोरै काम भएका छन्। माउन्टेन स्पोर्ट्सका थुपै्र सम्भावना भएपनि पोखरा क्षेत्रको खेलकुद अहिलेसम्म भलिबल, फुटबल, क्रिकेट लगायतमा मात्र रुमल्लिएको छ,त्यो पनि पोखराभित्र। पोखरा क्षेत्रभित्र सीमित रहेको खेलकुदलाई हिमाली डाँडाकाँडासम्म विस्तार गर्न सकेको खण्डमा त्यसले साहसिक खेलसँग सम्बन्धित खेलाडी र पर्यटक भिœयाउन सकिने सरोकारवालाको भनाइ छ।

'मनाङको 'हाइअल्टिच्युड स्टेडियम' मा भलिबल, फुटबल पनि खेलाउन सकिन्छ। त्यस्तै अरु इन्डोर गेम पनि खेलाउन सकिन्छ। उच्च हिमाली क्षेत्रमा खेल्नसाहसिक खेलाडी नै आउने हुन्,' उनले भने, 'पर्यटन क्षेत्रमा यो फरक आकर्षण हुन्छ।'

'माउन्टेन स्पोर्ट्स' गतिविधि नियमित गर्न नसक्दा मुलुकले साहसिक खेलकुद क्षेत्रका खेलाडी र पर्यटक पाउन नसकेको खेल पदाधिकारी बताउँछन्। पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल पोखरा क्षेत्रमा 'माउन्टेन स्पोर्ट्स' का थुप्रै गतिविधि गर्न सकिने सम्भावना भएपनि राज्यले यसमा चासो नदिएको बताउँछन्।

पौडेलका अनुसार हिमाली क्षेत्रमा रक क्लाइम्बिङ, माउन्टेनबाइक, अल्ट्राम्याराथन, हर्स राइडिङ, क्यानोइङ, आर्चरी, प्याराग्लाइडिङ लगायत थुपै्र खेल प्रतियोगिताआयोजनागर्न सकिन्छ। तर  यी क्षेत्रमा राज्यको चासो कम पुगेको उनको भनाइ छ। अहिलेसम्म देखिने गरी हिमाली क्षेत्रमा यी खेलकुदका कुनैपनि गतिविधि भएका छैनन्। एकाध भएका दौड प्रतियोगिता पनि नियमित छैनन्। स्थानीयस्तरमा भएका केही गतिविधि हिमाली क्षेत्रबाट तल ओर्लन सकेका छैनन्।

'माउन्टेन स्पोटर््स' मा राज्यको नै चासो छैन। अहिलेसम्म सहरकेन्द्रित गतिविधि मात्र भएका छन्,' उनले भने, 'माउन्टेन स्पोर्ट्स'लाई राज्यले नै चिन्न नसकेको हो। 'माउन्टेन स्पोर्ट्स' को एउटा गतिलो प्रतियोगिता गर्न सक्ने हो भने त्यससँग सम्बन्धित धेरै पर्यटक भित्र्याउन सकिन्छ। यसको फाइदा पर्यटन क्षेत्रमा पनि हुन्छ।'

पौडेलका अनुसार 'माउन्टेन स्पोर्ट्स' लाई व्यापक बनाउन सक्ने हो भने मुलुकको पहिचान बदलिन्छ। 'यसले मुलुकलाई नै आर्थिक रूपमा उँभो लगाउँछ। पर्यटकका रूपमा थुपै्र साहसिक खेलाडी भिœयाउन सकिन्छ,' उनको उपेक्षा थियो।

मनाङको बहुउद्देश्यीय मैदान बनेपछि त्यहाँ हिमाली क्षेत्रसँग सम्बन्धित साहसिक खेलकुदका गतिविधि गर्न सकिनेछ। व्यवस्थित मैदान बनाउन सक्ने हो भने हिमाली क्षेत्रको गतिलो खेल प्रशिक्षणस्थल बनाउन सकिन्छ । पौडेलले मनाङ र मुस्ताङमा अग्ला पहरामा रक क्लाइम्बिङ गराउन सकिने बताउँछन्। दुवै ठाउँमा हर्सराइडिङर माउन्टेनबाइकप्रतियोगिता गराउन सकिन्छ भने आर्चरीको पनि पर्याप्त सम्भावना छ।

स्थानीय रुपमा अहिले ती जिल्लामा परम्परागत रूपमा हर्सराइडिङ र आर्चरीकासाना आकारका खेलगतिविधि हुन्छन्। ती स्थानीयस्तरमै सीमित छन्। ती गतिविधिलाई व्यापक गर्न जरुरी रहेको अध्यक्ष पौडेलको भनाइछ। बाग्लुङको माथिल्लो भेग र ढोरपाटनलाई जोडेर अल्ट्रा म्याराथन गर्न सकिन्छ। लमजुङमा क्यानोइङ, पोखरा, पाल्पा, तनहुँमा पाराग्लाइडिङ र मनाङ, मुस्ताङमै स्की खेलाउन पनि सकिन्छ। भौगोलिक रूपमा स्कीका लागि भने केही अप्ठेरो रहेको उनको भनाइ छ।

माउन्टेन स्पोटर््सका लागि ठूलो पूर्वाधार बनाउनु पनि पर्दैन। मात्र प्रतियोगिता आयोजना गरेर चुस्त व्यस्थापन गरे पुग्छ,' अध्यक्ष पौडेल भन्छन्, 'प्रकृतिले नै पूर्वाधार खडा गरिदिएको छ। असहजलाई सहज बनाउने हो भने माउन्टेन स्पोर्ट्स फस्टाउँछ।'

माउन्टेन स्पोर्टसका गतिविधिसँगै पूर्वाधार बनाएर हाइअल्टिच्युड खेलकुद प्रतियोगिता पनि गर्न सकिन्छ।

'मनाङको 'हाइअल्टिच्युड स्टेडियम' मा भलिबल, फुटबल पनि खेलाउन सकिन्छ। त्यस्तै अरु इन्डोर गेम पनि खेलाउन सकिन्छ। उच्च हिमाली क्षेत्रमा खेल्नसाहसिक खेलाडी नै आउने हुन्,' उनले भने, 'पर्यटन क्षेत्रमा यो फरक आकर्षण हुन्छ।'

अध्यक्ष पौडेलका अनुसार मनाङमा निर्माणाधीन हाइअल्टिच्युट स्टेडियमका लागि राष्ट्रिय खेलकुद खेलकुद परिषद (राखेप) ले यसपालि १० लाख रुपैयाँ दिए पनि यो पर्याप्त बजेट होइन।

'हामीले आफ्नो मुलुक र यसको प्रकृति, बनोटउपयोग गर्नै सकेनौं। साहसिक खेलका लागि सम्भावना हुँदाहुँदै पनि आँखा चिम्लेर बसेका छौं,' उनले भने, 'राज्यले माउन्टेन स्पोटर््सलाई चिन्नै सकेको छैन। विदेशीले यहाँजस्तो प्रकृति पाउँथे भने निकै प्रगति गर्दथे  तर हामीले महŒव बुझ्न सकेनौं। खेलकुद भन्नासाथ फुटबल, क्रिकेट, भलिबल, तेक्वान्दो, कराते मात्र सम्झेका छांै।'

सहरी क्षेत्रमा बढ्दो सहभागिता देखाउने खालका खेल गतिविधिमा मात्र अहिलेको खेलक्षेत्र रुमल्लिएको उनले बताए। 'सबै खेलक्षेत्र उपत्यकामा मात्र सीमित छ। हिमाली क्षेत्रतिर पाइला बढाउन सकिएको छैन,' उनले भने।

जिल्ला खेलकुद विकास समिति मनाङका प्रमुख दूधबहादुर गुरुङ पनि माउन्टेन स्पोर्ट्सलाई बढावा दिन जरुरी ठान्छन्। प्रकृति आफैले बनाइदिएको पूर्वाधारमा हामीले प्रतियोगिता आयोजना गरेर व्यवस्थापन गर्न सकेको खण्डमा साहसिक पर्यटक भित्र्याउन सक्नुका साथै माउन्टेन स्पोर्ट्सको गन्तव्यकारूपमा नेपालचिनाउन सकिने उनले बताए। 'वार्षिक रूपमा हिमाली क्षेत्रसँग सम्बन्धित खेलकुद प्रतियोगिता गर्न सकेको खण्डमा पर्यटन क्षेत्र पनि फस्टाउँछ,' उनले भने।

गुरुङका अनुसार मनाङमा अहिले स्थानीय तहमा आर्चरी, हर्सराइडिङ रक क्लाइम्बिङ हुने गर्छ। त्यस्तै स्कीको सम्भावना पनि छ। आर्चरीमा स्थानीयस्तरको सहभागिता हुन्छ। 'माउन्टेन स्पोटर््ससँग सम्बन्धित गतिविधि गर्न उति गाह्रो होइन, व्यवस्थापनमा केही समस्या हुनसक्छ। सुरुमा केही कम सहभागिता होला,' उनले भने, 'तर प्रचारप्रसार गर्न सकेको खण्डमा साहसिक हिमाली क्षेत्रसँग सम्बन्धित खेलकुदका गतिविधि गर्न सकिन्छ।'

'पोखराको पर्यटन क्षेत्रले माउन्टेन स्पोर्ट्सलाई बुझ्न सकेको छैन। माउन्टेन स्पोर्ट्सको महत्व बुझाइसाध्य छैन, उनले भने, 'विदेशीहरू कहाँ खर्च गरौं भन्छन्। हामीले उनीहरूलाई डाँडाकाँडामा दौडाएर खर्च गराउन सकेनौं। त्यही भएर माउन्टेन स्पोर्ट्स ओझेलमा परेको हो।'

राज्यले हिमाली क्षेत्रको खेलकुद विस्तारका लागि चासो नदिएको उनको गुनासो छ।

हिमाली क्षेत्रको पर्यटन व्यापार गर्दै आएका नेपाल माउन्टेनरिङ एसोसिएसन (एनएमए) अन्नपूर्ण च्याप्टरका निवर्तमान अध्यक्ष जीवनराज सापकोटा पनि माउन्टेन स्पोर्ट्सको सम्भावना अधिक देख्छन्। माउन्टेन स्पोर्ट्सले पोखराको पर्यटन क्षेत्र थप उकास्ने उनको भनाइ छ। 'टे्रकिङ टुरिजम मात्र भनेर अब हुँदैन। खेलक्षेत्रलाई पनि जोडेर पर्यटक भिœयाउन सकिन्छ,' उनले भने, 'माउन्टेनस्पोर्ट्समा जान सकेनौंभने पर्यटन क्षेत्रले साहसिक व्यक्ति नपाउन सक्छ।'

साहसिक खेलमार्फत पर्यटक प्रवर्द्धन गर्न भन्दै २०६८ मा पहिलोपटकअन्नपूर्ण आधारसिविरदेखि धम्पुससम्म म्याराथन गरिए पनि त्यसले निरन्तरता पाएन। त्यस्तै नेपाल एथलेटिक्स संघ र नेपाल माउन्टेन रनिङ सर्भिसको आयोजनामा अन्नपूर्ण सर्किटमा अन्नपूर्ण दौड हुँदै आएपनि अहिले हुन छाडेको छ। ३ वर्षअघि भएको सातौं संस्करणपछि यो प्रतियोगिता पनि रोकिएको छ। भूूपू खेलाडी मञ्चले गर्दै आएको पोखरा म्याराथन मात्र पोहोरदेखि नियमित छ।

भूपू खेलाडी मञ्चका अध्यक्ष खड्ग रानाभाट माउन्टेन स्पोर्ट्स अलि खर्चिलो भएकाले जो कोहीले आयोजना गर्न आँट नगरेको बताउँछन्। 'पोखराको पर्यटन क्षेत्रले माउन्टेन स्पोर्ट्सलाई बुझ्न सकेको छैन। माउन्टेन स्पोर्ट्सको महत्व बुझाइसाध्य छैन, उनले भने, 'विदेशीहरू कहाँ खर्च गरौं भन्छन्। हामीले उनीहरूलाई डाँडाकाँडामा दौडाएर खर्च गराउन सकेनौं। त्यही भएर माउन्टेन स्पोर्ट्स ओझेलमा परेको हो।'

उनका अनुसार मान्छेले साहसिक खेलमा धेरै चासो दिन थालेका छन् तर नेपालको खेल पोखराभन्दा बाहिर उक्लेको छैन। 'आयोजना गर्ने हो भने विदेशी दौड्न आउँछन्। यसको महत्व बढ्नेछ, त्यसमा चासो र आँट मात्र नभएको हो,' उनले भने।

प्रकाशित: ६ कार्तिक २०७३ ०२:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App