१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आर्मीको सपना अधुरै

काठमाडौं – पहिलो पटक कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको त्रिभुवन आर्मीलाई स्तब्ध बनाउँदै सशस्त्र प्रहरी बलको एपिएफले मंगलबार पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

लगनखेलस्थित नेपाली सेनाको तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा भएको फाइनलमा एपिएफले सोझो सेटमै हराउँदै आर्मीको पहिलो उपाधि जित्ने सपना पूरा हुन दिएन। एपिएफले आर्मीमाथि ३–० को सोझो सेटमा जित रच्दा लगातार पाँचौं पटक यस प्रतियोगिताको उपाधि उचाल्न सफल भयो। अनुभवी खेलाडीले भरिएको एपिएफले युवा खेलाडी सम्मिलित आर्मीलाई २५–१४, २९–९ र २५–१५ ले सहजै हरायो।

यसअघि सोमबारको सेमिफाइनलमा पुलिसविरुद्धको लयलाई आर्मीले एपिएफसँग भने दोहो¥याउन सकेन। आर्मीका निरुता ठगुन्ना र शान्ति थारूको स्पाइकलाई एपिएफका खेलाडीले ब्लक गर्दै आफ्नो टोलीलाई यस वर्ष लगातार दोस्रो उपाधि दिलाए। यता, एपिएफका डिफेन्सले महŒवपूर्ण योगदान दिँदा आर्मीको डिफेन्स बिर्सनलायक रह्यो। राष्ट्रिय टोलीका अधिकांश खेलाडी रहेको एपिएफविरुद्ध आर्मीका युवा खेलाडीको तालमेलमा कमजोरी रहँदा सहजै उपाधि सुम्पियो।

एपिएफको जितमा सरस्वती चौधरीले स्पाइकमार्फत २७ अंक, ब्लकमा ८ र सर्भिसबाट १ अंकको योगदान दिइन्। सरस्वतीले उत्कृष्ट खेलाडीको उपाधि पनि प्राप्त गरिन्। वुमन अफ दी फाइनल चयन भएकी नेविका चौधरीले स्पाइकमा २३ अंक जोड्दा ब्लकमा ६ र सर्भिसबाट १ अंकको योगदान दिइन्। एपिएफकै हीरा केसीले टिमका लागि स्पाइक र ब्लकबाट समान ९/९ अंक जोडिन्।

उपविजेतामै सीमित आर्मीकी निरुता ठगुन्नाले १३ अंक, सुनीता खड्काले १२ अंक र सोफिया पुनले ९ अंकको योगदान दिए पनि आफ्नो टोलीलाई हारबाट जोगाउन सकेनन्। त्यससँगै एपिएफले ट्रफीसँगै नगद २ लाख रुपैयाँ प्राप्त गर्दा उपविजेतामा सीमित आर्मीले १ लाख रुपैयाँमा चित्त बुझायो। प्रतियोगिताको प्रथम पुरस्कार मुक्तिनाथ विकास बैंक र दोस्रो एनआइसी एसिया बैंकले प्रायोजन गरेको थियो।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा तथा बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी जापान (कन्साई निरोल्याक पेन्ट) ले मुख्य प्रायोजकमा सञ्चालित प्रतियोगिताको तेस्रो स्थान होङ्गान्जी न्यु डायमन्डले जितेको छ। न्यु डायमन्डले नेपाल पुलिसलाई २५–२२, २५–१८ र २५–२२ को सोझो सेटमा हराउँदै यसै प्रतियोगिताको लिग चरणमा बेहोरेको हारको बदलासमेत लियो। न्यु डायमन्डले मार्बल टेक्नोप्लास्ट प्रालिद्वारा प्रायोजित तेस्रो स्थानको ५० हजार रुपैयाँ प्राप्त ग-यो।

मावबल टेक्नोप्लास्टले वुमन अफ द म्याचको ५० हजार तथा टेक्निकल टिमले प्राप्त गर्ने रकम १ लाख गरी २ लाखको सह–प्रायोजन गरेको थियो। प्रतियोगिताका विजेता टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिना, मुख्य प्रायोजक केएनपीका नेपाल प्रमुख मनोजकुमार मिश्र, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा र प्रतिष्ठानकी संरक्षक गमली खड्कालगायतले पुरस्कृत गरे।

एपिएफ टिमका सदस्यले दरवारमार्गस्थित द रिगल इंकद्वारा प्रायोजित करिब ५ लाखबराबरको १५ थान सुट पिससमेत प्राप्त गरे। प्रतियोगिताकी उत्कृष्ट खेलाडी सरस्वती चौधरी तथा शेरबहादुर खड्का स्पेसल अवार्डबाट पुरस्कृत आर्मीकी निरुता ठगुन्नाले सुलक्स सेन्टरबाट प्रायोजित ४० हजारबराबरको टिसट घडी प्राप्त गरे। साथै उत्कृष्ट खेलाडी चौधरी र स्पेसल अवार्ड विजेता खेलाडीद्वयलाई रामेछाप उमाकुन्ड प्रीति निवासी सम्बरबहादुर तामाङले जनही नगद १५ हजार प्रदान गरेका थिए।

विधागत उत्कृष्टअन्तर्गत स्पाइकमा न्यु डायमन्डकी प्रतिभा माली, ब्लकरमा एपिएफकी हीरा केसी, सेटरमा एपिएफकै विनीता बुढाथोकी, डिफेन्समा एपिएफकी मनीषा तामाङ र सर्भरमा आर्मीकी सोफिया पुन चुनिए। उत्कृष्ट प्रशिक्षकको उपाधि एपिएफका पुष्प मल्लले प्राप्त गर्न सफल भए। उत्कृष्ट सबैले ग्रिनल्यान्ड सेन्टरबाट प्रायोजित जनहि नगद ७ हजार रुपैयाँ प्राप्त गरे। एपिएफले आर्मीमाथि ३–० को सोझो सेटमा जित रच्दा लगातार पाँचौं पटक यस प्रतियोगिताको उपाधि उचाल्न सफल भयो।

प्रकाशित: १८ वैशाख २०७६ ०३:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App