७ वैशाख २०८१ शुक्रबार
खेल

पहिलो टेस्टमा बंगलादेश सम्हालिँदै

चित्तागोङ- इङ्ल्यान्डविरुद्धको पहिलो टेस्टको पहिलो इनिङमा घरेलु टोली बंगलादेशले सम्हालिएको प्रदर्शन गरेको छ। दोस्रो दिन शुक्रबार खेल सकिँदा बंगलादेशले ४ विकेट गुमाउँदै २ सय २१ रन बनाएको छ। पहिलो इनिङमा बंगलादेश अझै ७२ रनले पछि छ। इङ्ल्यान्ड पहिलो इनिङमा २ सय ९३ रन बनाउँदै अलआउट भयो।

खेल सकिँदा सकिब अल हसन ३१ रन र सफुल इस्लाम शून्यमा अविजित छन्। अल हसनले ४८ बल सामना गर्दै ३ चौका प्रहार गरेका छन्।

युवा स्पिनर मेहेदी हसन मिराजले 'डेब्यु' मै ५ विकेट लिएपछि पहिलो टेस्टको पहिलो दिन इङ्ल्यान्डले ७ विकेट गुमाएर २ सय ५८ रनमात्र बनाउन सकेको छ।

त्यसअघि ओपनर तमिम इकवाल र महमुदुल्लाहले तेस्रो विकेटमा ९० रनको महŒवपूर्ण साझेदारी गरेका थिए। ओपनर इकवालले ७८ रन बटुलेका थिए। १ सय ७९ बल खेल्ने क्रममा उनले ७ चौका प्रहार गरे। महमुदुल्लाहले ६६ बलमा ३ चौकासहित ३८ रन जोडे। ७० बल खेल्दै ६ चौकासाथ कप्तान मुस्पि्ककर रहिमले ४८ रन बनाए। अर्का ओपनर इमरुल कायसले ५० बल खेल्दै ३ चौकासाथ २१ रन जोडे। मोमिनुल हक भने खाता नखोल्दै आउट भए।

इङ्ल्यान्डका मोइन अलीले २ तथा गारेथ बाटी र अदिल रसिदले समान १ विकेट लिए। त्यसअघि २ विकेट क्षतिमा २ सय ५८ रनबाट इङ्ल्यान्ड दोस्रो दिनको खेल सुरु गरेको थियो।

युवा स्पिनर मेहेदी हसन मिराजले 'डेब्यु' मै ५ विकेट लिएपछि पहिलो टेस्टको पहिलो दिन इङ्ल्यान्डले ७ विकेट गुमाएर २ सय ५८ रनमात्र बनाउन सकेको छ। टोलीले ३५ रनमा बाँकी तीन विकेट गुमायो। डेब्युमै ५ विकेट लिएका मेहेदी हसनले स्टुवार्ट ब्रोड (१३) को विकेट लिएका थिए। उनले ६ विकेट लिने क्रममा ८० रन खर्चे। दुई विकेट तैजुल इस्लामले लिए। अल हसनले पहिलो दिन नै २ विकेट लिएका थिए।

अघिल्लो दिन खेल सकिँदा ३६ रनमा अविजित क्रिस वोक्स त्यतिमै रोकिए। ५ रनबाट दोस्रो दिन खेलअघि बढाएका अदिल रसिदले २६ रन जोडे।

प्रकाशित: ६ कार्तिक २०७३ ०२:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App