coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

स्वास्थ्यमा समस्या देखिएपछि एक दिन अगावै स्वदेश फर्कदैं राष्ट्रपति भण्डारी

फाइल तस्बिर

काठमाडौं - स्वास्थ्यमा समस्या देखिएपछि चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवि भण्डारी पूर्वनिर्धारित समयभन्दा एक दिन अघि नै स्वदेश फर्किने भएकी छिन्। चीनको राजधानी बेइजिङमा भएको बेल्ट एन्ड रोड (बिआरआई) फोरमअन्तर्गत गोलमेच सम्मेलनमा सहभागी हुन चीन पुगेकी राष्ट्रपति भण्डारी कार्यतालिकाभन्दा एक दिनअघि बुधबार (आज) स्वदेश फर्किन लागेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

राष्ट्रपति भण्डारी सिचुवान एयरलाइन्सको विमानमा तिब्बतबाट बुधबार बिहान काठमाडौँ ओर्लने सचिवालयले जनाएको छ। भण्डारी मंगलबार चीनको राजधानी बेइजिङबाट ल्हासा पुगेकी थिइन्। तर त्यहाँ पुगेकी उनको स्वास्थ्यमा एकाएक समस्या देखिएको हो।

फोरममा भाग लिएपछि भण्डारीले सोमबार चिनियाँ समकक्षी सी जिनफिङसँग औपचारिक भेटवार्ता गरेकी थिइन्।
भ्रमणको पूर्वनिर्धारित कार्यक्रमअनुसार राष्ट्रपति भण्डारी बिहीबार मात्र स्वदेश फर्किने कार्यक्रम थियो।

प्रकाशित: १८ वैशाख २०७६ ०२:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App