coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रंगकर्मीद्वारा आत्मालोचनासहित आरोप स्वीकार

काठमाडाैं - महिला सहकर्मीमाथि यौन दुव्र्यवहार गरेको आरोप दुई रंगकर्मीले स्वीकारेका छन्। साथै उनीहरुले माफी पनि मागेका छन्।

सुनील पोखरेल, राजन खतिवडा र राजकुमार पुडासैनीले रंगमञ्चमा सक्रिय महिला रंगकर्मीमाथि यौन दुर्व्यवहार गरेको भनी शुक्रबार साप्ताहिकले समाचार प्रकाशित गरेको थियो।

यी तीनमध्ये पुडासैनी र खतिवडाले घटना स्विकार्दै आत्माआलोचनासहित माफी मागेका हुन्। पोखरेल भने अझै मौन छन्

पुडासैनी र खतिवडाले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै माफीमागेका छन् दुवैले आफूबाट भएको गल्तीका लागि आत्माआलोचना समेत गरेका छन्।

राजनले मंगलबार जारी गरेको विज्ञप्तिमा आफूले ८ जना साक्षीसहित पीडितसँग भेटेको र सो घटना ७–८ वर्ष अगाडि भएको खुलेको भन्दै आफूबाट भएको गल्तीका लागि आत्मालोचनासहित माफी मागेका छन्।

‘त्यो बेला मेरो नराम्रो मनसाय थिएन,’ तर त्यसो हुँदाहुँदै पनि मबाट उहाँहरुमा परेको असरप्रति मैले पीडित र अन्य ८ जना साक्षीबीच आत्मालोचना गर्दै क्षमा याचना गरे।’

पुडासैनीले एक साता अगाडि फेसबुकमा प्रायश्चित पत्र राख्दै ‘मेरो व्यवहारले महिलाहरुलाई असुरक्षित महसुस गराएको र असहज महसुस गराएको अनुभव भएको’ भन्दै अनु दाहाल सहितसँग माफी मागेका थिए।

‘मैले आफ्नो पदको फाइदा उठाएर गर्न नहुने सीमा उल्लंघन गरेँ,’ उनले लेखेका थिए‘, मेरो व्यवहार धेरैका लागि मानसिक यातनाको कारण बनेको छ। त्यसक लागि म जिम्मेवारी लिन्छु।’

पुडासैनी र खतिवडामाथि उनीहरु सँलग्न संस्थाले यस अगाडि नै कारवाही गरिसकेको छ। पुडासैनी संलग्न वन वल्र्ड थिएटरले एक वर्ष सुधारात्मक निलम्बन गरिसकेको छ भने मण्डलाले खतिवडाले महासचिव पदबाट दिएको राजीनामा स्विकृत गरिसकेको छ।

शुक्रबारले चैत २८ मा रंगमञ्चमा भइरहेको यौन यौन दुर्व्यवहारबारे खोजमूलक सामग्री प्रकाशन गरेको थियो। रंगकर्मी अनु दाहाल लगायतकाले पुडासैनीले गरेको यौन दुव्र्यवहारबारे खुलाएका थिए भने खतिवडासँग काम गरेकी एक रंगकर्मीले घर छाड्ने बहानामा उनीमाथि खतिवडाले गरेको यौन दुर्व्यवहारबारे खुलाएकी थिइन्।

प्रकाशित: १७ वैशाख २०७६ १४:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App