coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

एन्फालाई चुनाव गर्न बाटो खुला

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन तोकेकै मितिमा कात्तिक ८ गते नै हुने भएको छ। उच्चअदालत पाटनले शुक्रबार निर्वाचन रोक्नु नपर्ने आदेश दिएपछि एन्फा अध्यक्ष र एक उपाध्यक्षका लागि कात्तिक ८ मा तय भएको निर्वाचन गराउन बाटो खुलेको हो।

एन्फाका पूर्व महासचिव लोकबहादुर शाही र पूर्व फिफा सहायक रेफ्री विनोद केसीले विधानविपरीत हुन लागेको भन्दै निर्वाचन रोक्ने मागसहित असोज १४ मा उच्चअदालतमा रिट दायर गरेका थिए। उच्च अदालतले कात्तिक ५ सम्म निर्वाचनका सबै प्रक्रिया रोक्न निर्देशन जारी गर्दै छलफलका लागि शुक्रबार दुवै पक्षलाई बोलाएको थियो। शाही र केसीले युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, एन्फा र एन्फाद्वारा गठित निर्वाचन समितिलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए।

सोमबार हुने निर्वाचनका लागि अध्यक्षमा कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ र उपाध्यक्ष कर्माछिरिङ शेर्पाको उम्मेदवारी परेको छ। त्यस्तै उपाध्यक्षमा उपेन्द्रमान सिंह, दीपक खाती र मणि कुँवरले उम्मेदवारी दिएका छन्।

भीमकुमार ओझा र डिल्लीराज आचार्यको संयुक्त इजलासले निर्वाचन रोक्नु नपर्ने आदेश सुनाएको हो। मुद्दाको अन्तिम किनारा भने लाग्न बाँकी छ।

एन्फा निर्वाचन कमिटीले कात्तिक ८ मा रिक्त अध्यक्ष र उपाध्यक्ष पदका लागि निर्वाचन मिति तोकेको थियो। तत्कालीन अध्यक्ष गणेश थापालाई फिफाले आर्थिक अनियमितता गरेको अभियोगमा १० वर्षे प्रतिबन्धका साथै झन्डै २१ लाख रुपैयाँ जरिवाना तोकेपछि एन्फा अध्यक्षको पद रिक्त रहेको थियो। त्यस्तै उपाध्यक्ष तथा तत्कालीन कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको करेन्ट लागेर गत वर्ष मृत्यु भएपछि एक उपाध्यक्ष पद पनि रिक्त रहेको थियो।

सोमबार हुने निर्वाचनका लागि अध्यक्षमा कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ र उपाध्यक्ष कर्माछिरिङ शेर्पाको उम्मेदवारी परेको छ। त्यस्तै उपाध्यक्षमा उपेन्द्रमान सिंह, दीपक खाती र मणि कुँवरले उम्मेदवारी दिएका छन्।

प्रकाशित: ६ कार्तिक २०७३ ०२:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App