७ वैशाख २०८१ शुक्रबार
समाज

बिहे मण्डपबाट अपहरित बालकको उद्धार

सप्तरी- बिहे मण्डपबाट अपहरित राजगढ गाउँपालिका–३ नर्घोका एक बालकको प्रहरीले उद्धार गरेको छ। जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी उद्धार गरिएका बालक १२ वर्षीय लक्ष्मण यादवलाई उनको परिवारको जिम्मा लगाएको छ। गत शुक्रबार राति मामाको बिहेमा जन्ती गएका लक्ष्मणलाई प्रहरीले भारतको बिहार सितामढी कुम्भ सिवहरबाट गएराति उद्धार गरी राजविराज ल्याएको जनाएको छ।

महादेवा गाउँपालिका–२ अकबरपुरका भोलेन्द्र यादवको बिहेमा जन्ती गएका उनका भाञ्जा लक्ष्मणको बिहे घरबाटै अपहरण भएपछि भोलेन्द्रले जिल्ला प्रहरी कार्यालयमा आइतबार उजुरी दिएका थिए। बालकको सम्बन्धमा अनुसन्धान तथा खोज तलाश गर्दा बालक हराई बेपत्ता नभई अपहरण भएको पत्ता लागेपछि प्रहरी टोली परिचालित गरी भारत बिहारबाट उद्वार गरी ल्याइएको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए।

प्रहरीका अनुसार बालकको उद्धारका लागि प्रहरी उपरीक्षक विष्टकै कमाण्डमा सादा पोशाकका २३ जना प्रहरी परिचालित गरिएका थिए। अपहरणकारीलाई घेराउ गरेपछि सिबहरस्थित एक होटलमा ल्याई बालकलाई बेवारिसे अवस्थामा छाडेको प्रहरी उपरीक्षक विष्टले बताए। बालकलाई उद्धार गर्नुअघि सप्तरी प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १७ वैशाख २०७६ १२:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App