८ वैशाख २०८१ शनिबार
समाज

पछिल्लो पटक देखेको जनावर सम्झनुहुन्छ, तर बिरुवा ?

–क्रिस्टिन रो, बिबिसी

हिँड्दाहिँड्दै  अघिल्तिरबाट फुत्त कुनै जनावर दौडियो।

तपाईं टक्क रोकिनुहुन्छ। यसो हेर्नुहुन्छ। आहा बिरालो! वा, लोखर्के! टिप्पणी गरिहाल्नुहुन्छ।

आज बिहान घरबाट निस्कँदा गेटैनेर कुन फूल फुलिरहेको थियो? तपाईंलाई सम्झना छ त?

कार्यालयको मूल गेटनेर तपाईंलाई एक झोक्का बतास फाल्ने रूखलाई वास्ता गर्नुभयो?
एउटा प्रश्न आफैंलाई सोध्नुस् त। तपाईंले पछिल्लो पटक देखेको रूख/बोट/बिरुवा कुन थियो ?

यो प्रश्नले तपाईंलाई अल्मल्याउन सक्छ। पछिल्लो पटक कुन बिरुवा देखेँ, देखेँ। जति सम्झिन खोजे पनि भेउ पाइँदैन।

रूखलाई नसम्झिए पनि तपाईंको दिमागले जनावरलाई चाहिँ ख्याल गरेको हुन सक्छ। पछिल्लो पटक कुन जनावर देख्नु भयो भनेर कसैले सोधे भने तपाईंले फ्याट्टै जवाफ दिने सम्भावना उच्च रहन्छ।

जनावर सम्झिनुहुन्छ तर बिरुवा सम्झिनुहुन्न? तपाईंजस्ता मान्छे यो संसारमा धेरै छन्।   
हो, मान्छेले बिरुवालाई भन्दा जनावरलाई बढी ख्याल गर्छ।

बालबालिकाले बिरुवाको जीवन हुन्छ भनेर थाहा पाउनुभन्दा पहिल्यै जीव÷जनावर जीवित प्राणी हो भनेरचाहिँ जानिसकेका हुन्छन्।

मान्छेले रूखबिरुवाभन्दा जनावरको चित्र छिट्टै सम्झिने गरेको अध्ययन/अनुसन्धानले नै देखाउँछ।

पछिल्लो पटक देखेका रूखविरुवा सम्झन नसक्नुलाई एलिजाबेथ स्कुहोसलर र जेम्स वन्डरसिले १९९८ मा ‘प्लान्ट ब्लाइन्डनेस’ नामकरण गरे। उनीहरूले यी दुई शब्दलाई ‘आफ्नै वरपर रहेका बोटबिरुवालाई समेत ख्याल गर्न नसक्नु’ भन्ने अर्थमा प्रस्ट्याए।

‘प्लान्ट ब्लाइन्डनेस’ किन हुन्छ ? जवाफ सजिलो छ, तपाईंलाई रूख विरुवाप्रति कुनै चाखै छैन। विरुवाको संरक्षणमा तपाईंलाई मतलबै छैन। वा, कम छ।

बिरुवाको अध्ययन गराउने जीवविज्ञानका पाठ्यक्रम अहिले खस्किँदै गएको छ। यो विषय विद्यार्थीको रोजाइमा पर्न छाडेको छ। संसारभर नै बन्द हुँदै गएको छ। ‘प्लान्ट साइन्स’का लागि उपलब्ध हुने सहयोगहरू पनि ओरालो लागिरहेको छ।

बिरुवाको अध्ययन गराउने जीवविज्ञानका पाठ्यक्रम अहिले खस्किँदै गएको छ। यो विषय विद्यार्थीको रोजाइमा पर्न छाडेको छ। संसारभर नै बन्द हुँदै गएको छ। ‘प्लान्ट साइन्स’का लागि उपलब्ध हुने सहयोगहरू पनि ओरालो लागिरहेको छ।

‘प्लान्ट ब्लाइन्डनेस’को बारेमा अध्ययन गर्न जरुरी भइसकेको छ। तर, भएको छैन। सहरीकरणले मानिसलाई प्रकृतिबाट टाढा लैजाँदै छ।

रूख बिरुवालाई वास्तै नगर्दा ‘प्लान्ट ब्लाइन्डनेस’ पनि बढ्दै छ। स्कुहोसलर भन्छिन् – मानिसले त्यो चिजलाई मात्र ख्याल गर्छ जसप्रति ऊ परिचित हुन्छ।

बिरुवाको संरक्षणले वातावारणीय स्वास्थ्यमा प्रभाव पार्छ। अन्तत्वगोत्वा, यसको सम्बन्ध मानवीय स्वस्थतासँग पनि जोडिन्छ।

मानवका लागि बिरुवाभन्दा जनावर वस्तुगत रुपमा महत्वपूर्ण हुनै सक्दैन। सांस्कृतिक कारणले पनि त्यसलाई पुष्टि गर्छ।

‘मष्तिक मौलिक रुपमा एक ‘डिटेक्टर’ हो,’ स्कुहोसलर र वन्डर्सी भन्छन्। हाम्रो दिमागले बोटबिरुवालाई समूहबद्ध गरिदिन्छ। आँखाको रेटिनाले प्रतिसेकेन्ड १० मिलियन ‘डाटा’ प्रसारित गर्छ। यसै प्रक्रियामा मानव दृष्टिले आफूलाई प्रभावित नगर्ने चिजबिजलाई एकै ठाउँमा राखिदिन्छ। रूखले पनि मान्छेलाई खासै प्रभावित नपार्ने हुँदा, वास्ता पनि हुँदैन। अर्थात, रूखै त हो भनेर मान्छेले ध्यान दिँदैनन्। 

जीवजन्तुको सन्दर्भचाहिँ बोटबिरुवाभन्दा फरक हुन्छ। मानवले आफूजस्तै जीवको बढी ख्याल राख्ने गर्छ। सबैले आफूजस्तै प्राणीको बढी ख्याल गर्ने क्योटो विश्वविद्यालयका प्रोफेसर तथा जीव मनोविज्ञ फुमिहिरो कानोको बुझाइ छ।

सामाजिक तत्वले पनि दृष्टिकोणमा फरक पार्छ। बोटबिरुवालाई ध्यान दिने कि नदिने भन्ने कुरा पनि सामाजिक तत्वमा बढी निर्भर गर्छ। समाजमा बोटबिरुवाभन्दा जीवजन्तुहरूलाई बढी प्राथमिकता दिइन्छ। जस्तो, जनावरलाई किन नाम दिइन्छ? खेलकुदमा किन सहभागी गराइन्छ? किनकि जीवजनावरप्रति हामी बढी चाख राख्छाैं।

हामी जनावरलाई नजिकको सम्झिन्छौँ। उसप्रति सहानुभूति राख्छौँ। त्यसैले यसको संरक्षण गर्न चाहन्छौँ। वातावरणीय मनोविज्ञ क्याथरिन विलियम भन्छिन्, ‘जीवजन्तुलाई हामी संरक्षण गर्न चाहन्छौँ। अझै, केही जनावर त हाम्रा लागि झनै विशेष हुन्छन्। जनावरलाई हामी जोगाउन चाहन्छौँ।’

सन् २०११ मा अमेरिकामा लोपोन्मुख प्रजातिको अध्ययन गरियो। त्यसको सूचीमा ५७ प्रतिशत हिस्सा बोटबिरुवाले ओगटेको पाइयो। यसको सुरक्षामा चाहिँ ४ प्रतिशतभन्दा कम सहयोग(कोष) गरिएको थियो। बोटबिरुवाप्रति लगाव राखिँदैन भन्ने कुरा यहीँबाट बुझ्न सकिन्छ।

‘वातावरण, जीवजन्तु, बिरुवासँग भावनात्मक सम्बन्ध राख्नु नै रूखबिरुवा जोगाउने उत्तम उपाय हो,’ विलियम भन्छिन्।

प्लान्ट ब्लाइन्डनेस घटाउन बोटबिरुवाको सम्पर्कमा बढी रहनुपर्छ।

बोटबिरुवालाई हेर्ने र बुझ्ने शैलीमा परिवर्तन गर्न जरुरी छ। यो अहिलेदेखि नै सुरु गर्नुपर्ने स्कुसलर बताउँछिन्। भन्छिन्, ‘दैनिक रुपमा बोटविरुवासँग नजिक रहनु, प्लान्ट ब्लाइन्डनेस घटाउने राम्रो रणनीति हुन सक्छ।’

कला, साहित्यमार्फत पनि बोटबिरुवाको महत्व बुझाउन सकिन्छ। स्विडेन विश्वविद्यालयका प्रोफेसर डन स्यान्डर्सले केही समयअघि वातावरणीय कला प्रदर्शनी गरिन्। प्रदर्शनी उपलब्धिमूलक नै रह्यो। कथा र विभिन्न कलामार्फत विद्यार्थीलाई बोटविरुवासँग जोड्न सकिने उनको अनुभव थियो।

‘प्लान्ट ब्लाइण्डनेस सबैलाई एकै रुपमा नहुन पनि सक्छ,’ स्यान्डर्स भन्छिन्, ‘हाम्रो स्विडिस विद्यार्थीको बोटबिरुवा बुझ्ने तरिका फरक छ। उनीहरू भावना र सुन्दरता, स्मरणद्वारा बोटबिरुवासँग नजिकिन्छन्।’

सन् २०११ मा अमेरिकामा लोपोन्मुख प्रजातिको अध्ययन गरियो। त्यसको सूचीमा ५७ प्रतिशत हिस्सा बोटबिरुवाले ओगटेको पाइयो। यसको सुरक्षामा चाहिँ ४ प्रतिशतभन्दा कम सहयोग(कोष) गरिएको थियो। बोटबिरुवाप्रति लगाव राखिँदैन भन्ने कुरा यहीँबाट बुझ्न सकिन्छ।

भारतमा मानिस र बोटबिरुवाको सम्बन्ध धार्मिक र औषधिको रुपमा बढी जोडिएको देखिन्छ। भारतीय अनुसन्धानदाता गीताञ्जली सच्देव भन्छिन्, ‘हामी बिरुवालाई बेवास्ता गरेर अघि बढ्नै सक्दैनौँ। किनकि भारतको सांस्कृतिक जीवनमा यसको स्थान ठूलो हुन्छ।’

सच्देव भन्छिन्– ‘पौराणीक दृष्टिकोणमा रूख, पात, फूल महत्वपूर्ण हुन्छन्। मेडिकल दृष्टिकोणबाट आयुर्वेदमा बोटबिरुवामा अन्य भागहरू(पत्ता, जरा, बीउ आदि) को मूल्य हुन्छ।’

‘प्लान्ट ब्लाइन्डनेस’ सर्वव्यापी हैन। ‘हामी प्लान्ट ब्लाइन्डनेसलाई समाधान गर्न सक्छौँ,’ स्कुसलर भन्छिन्।

बोटबिरुवाप्रति मान्छेको सहानुभति बढ्ला भन्नेमा विलियम आशावादी छिन्। ‘यो कुनै पनि हिसाबले अनुचित छैन,’ उनी भन्छिन्, ‘अनुमानको कुरा न हो।’

संसारमा खाद्य आपूर्ति बढ्दो छ। त्यसकारण यसले अहिले संकट पनि बेहोरिरहेको छ। तीव्र जनसंख्या वृद्धिसँगै पानी अभाव बढिरहेको छ। कृिषयोग्य जमिन घटिरहेको छ। जलवायु परिवर्तन भइरहेको छ। बिरुवाको अवस्था पनि यस्तै नहोला भनेर भन्न सकिन्न। 

जैविक इन्धनका लागि बिरुवा महत्वपूर्ण हुने अध्ययनहरूले देखाइरहेका छन्। नवीकरणीय ऊर्जा भएकाले पनि यसको महत्व बढी हुन्छ। त्यसैले हामीले हरिया बोटबिरुवालाई ध्यान दिन जरुरी छ। यसलाई जोगाउन जरुरी छ। हाम्रो भविष्य यसैमा अड्किएको छ।

भावानुवाद : किरण दहाल

प्रकाशित: १७ वैशाख २०७६ १२:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App