coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खैरो हेरोइनसहित एक पक्राउ

काठमाडाैं- नेपाल प्रहरीले नागढुङ्गाबाट खैरो हेरोइनसहित एकजनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले चन्द्रागिरी नगरपालिका–२ मा जाँचका क्रममा ना ७ ख ५९७२ नं को यात्रुबाहक बसबाट लागुऔषधसहित कैलाली टीकापुरका २५ वर्षीय भरत भण्डारीलाई आज बिहान पक्राउ गरेको हो।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले सिटमुनी कालो झोलामा १३.८८ ग्राम खैरो हेरोइन लुकाएर ल्याएको अवस्थामा भण्डारीलाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका भण्डारीलाई आवश्यक अनुसन्धान भइरहेको वृत्तका प्रमुख थापाले बताए।

प्रकाशित: १७ वैशाख २०७६ ०९:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App