हतकडीले हैन, प्रमाणले बाँध्ने काम गरौं : महान्यायाधिवक्ता

मङ्गलबार, १७ बैशाख २०७६, १५ : ०३ नागरिक

तम्घास- महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले २१औँ शताब्दीको न्याय प्रक्रिया भनेको हतकडीले बाँधेर नभई प्रमाणले बाँधेर न्याय सम्पादन गर्ने प्रक्रियातर्फ उन्मुख बन्दै गएको बताएका छन्।

उनले वर्तमान अवस्थामा फौजदारी न्याय प्रशासन प्रक्रिया अघि बढाइरहँदा कुनै पनि व्यक्तिलाई बलपूर्वक वा हतकडीले बाँधेर न्यायलय सम्पादन नगरी प्रमाणले बाँधेर अपराधीलाई उम्कन नदिने गरी कार्यसम्पादन गर्न आग्रह समेत गरेका छन्।

जिल्ला सरकारी वकिल कार्यालय गुल्मीको नवर्निमित भवनको आज उद्घाटन गर्दै महान्यायाधिवक्ता खरेलले अनुसन्धानको क्रममा रहेका कुनै पनि व्यक्तिलाई यातना दिएर वयान गराइने अवस्थाको अन्त्य भएको भन्दै न्याय सम्पादनबिना यातना स्वतन्त्रपूर्वक आफ्ना कुरा भन्न पाउनुपर्ने वातावरण बनाउनुपर्ने कुरामा जोड दिए।          

उनले अनुसन्धानको सिलसिलामा फौजदारी न्याय प्रशासनलाई अघि बढाउने कतिपय कुरामा आफूहरुले ध्यान पुर्‍याउन र ध्यान दिन नसकिरहेको बताउँदै अपराध अनुसन्धानको कुरामा विचार पुर्‍याएर अघि बढ्नुपर्नेमा जोड दिए।          

महान्यायाधिवक्ता खरेलले अनुसन्धानको दायरामा कतिपय कुरा भनिंदैन र भन्न मिल्दैन तर त्यस्ता कुरामा प्रश्न गरेर अफ्ठ्यारो नपारी पत्रकारलाई आग्रह गरे।   

न्याय क्षेत्रलाई विशुद्ध व्यावसायिक र मर्यादित केन्द्रको रुपमा स्थापित गर्न सकेमा मात्र संस्थाको न्याय हुने र फौजदारी न्याय प्रशासन अगाडि बढ्ने उनले बताए। रु दुई करोड नौ लाख ९४ हजार लागतमा निर्माण सम्पन्न भएको उक्त भवनमा आवास र पीडितमैत्री कक्षसहित १७ वटा कोठा रहेका छन्। रासस    

 







यसमा तपाईको मत


अन्य समाचार

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

यदि तपाईंले प्रयोग गर्ने पासवर्ड पनि यही सूचीमा भेटाउनु भयो भने चाडैं नै आफ्नो पासवर्ड परिवर्तन गर्नुहोस् ...

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

यही असार ४ गतेदेखि ८ गतेसम्म ५ दिनको लागि भृकुटीमण्डप, काठमाडौंमा संचालन हुने यो अत्यन्त आकर्षक मेलामा ग्राहकहरुले उत्कृष्ट फाइनान्स...

बर्जरको वेदरकोट लङ्गलाइफ

बर्जरको वेदरकोट लङ्गलाइफ

पियू र सिलिकन प्रविधि प्रयोग गरिएको यसले घामपानी छेक्ने १० वर्ष टिक्ने कम्पनीको दाबी रहेको छ । ...

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

हरेक मोबाइलको खरिदमा १ लाख रुपैंयासम्मको जीवन बीमा ...

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

विश्वव्यापीकरणको यस युगमा लोक संगीत युवा पुस्ताको समेत रुची भइरहेको आभास लोक संगीतका स्रष्टा आफैले गर्ने गरेका छन् । ...

टिभीमा पनि भाइरस ?

टिभीमा पनि भाइरस ?

सामसंगले हालै आफ्नो ट्वीटर अकाउन्टमा सामसंग टिभीमा भाइरस लाग्न नदिन के के गर्ने भन्ने कुराको जानकारी प्रदान गरेपछि टिभीमा पनि...

हुण्डाई मनसुन योजना

हुण्डाई मनसुन योजना

हुण्डाई मोटर्सकालागि नेपालको आधिकारिक विक्रेतालक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले मनसुन लक्षित आकर्षक योजनाहुण्डाई मनसुन डिलाइट सार्वजनिक गरेको छ । ...

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्ध पछि हुवावेको आम्दानी ३० अर्ब अमेरिकी डलर कम हुने ...