४ वैशाख २०८१ मंगलबार
समाज

प्रेस स्वतन्त्रतामाथि सरकार अनुदार देखिएको आरोप

काठमाडौं - पाँच वटा पत्रकार सङ्गठनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि सरकार अनुदार देखिएको आरोप लगाएका छन्। आस्थाकै आधारमा पत्रकारमाथि धरपकड बढाएको भन्दै त्यसमा गम्भीर ध्यानाकर्षण भएको उनीहरुले जनाएका छन्।

जनपत्रकार सङ्गठन नेपाल, क्रान्तिकारी पत्रकार महासङ्घ, प्रगतिशील पत्रकार संघ नेपाल, प्रेस सोसाइटी नेपाल र मधेसी पत्रकार समाजको मङ्गलबार बसेको संयुक्त बैठकले प्रेस वक्तव्यमार्फत ध्यानाकर्षण भएको जनाएका हुन्। सरकारले प्रेस विरोधी चरित्र प्रदर्शन गरेको र श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न नसकेको आरोप लगाउँदै संविधान प्रदत्त प्रेस स्वतन्त्रता सम्बन्धि अधिकारलाई नियन्त्रण गर्ने सबै ऐन खारेज गर्न समेत संयुक्त बैठकले माग गरेको छ।

वक्तव्यमा भनिएको छ, समाचार लेखेकै आधारमा पत्रकारको गैरन्यायिक गिरफ्तारीको हामी विरोध गर्दै हिरासतमा रहेका पत्रकारको बिना सर्त रिहाइको माग गर्दछौँ। संयुक्त बैठकले नेपाल पत्रकार महासङ्घको जारी आन्दोलनप्रति एक्यवद्दतामा जनाउँदै त्यसलाई थप प्रभावकारी बनाउन समेत माग  गरेको छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App