नागरिक नायकसँग संवाद

‘मेरो गुरु जुरेली चरी’

मङ्गलबार, १७ बैशाख २०७६, १३ : ०२ नागरिक

विगतका वर्षमा झैँ यस वर्ष पनि नेपाल रिपब्लिक मिडियाले नेपाली समाजका लागि उत्कृष्ट योगदान पु-याउने तीन नागरिकलाई ‘नागरिक नायक’ घोषणा ग-यो। आफ्नो १०औँ वार्षिकोत्सवका अवसरमा उक्त मिडियाले यही वैशाख ११ गते साँझ ललितपुर पाटन दरबार क्षेत्रमा विशेष समारोह आयोजना गरी संस्कृतिविद् सत्यमोहन जोशी, जनकपुरका समाजसेवी पवन सिंघानिया र काभ्रेका शिक्षक पूर्णबहादुर गौतमलाई नागरिक नायकको सम्मान दिएको हो।

नेपाली कला, संस्कृति संरक्षण तथा संवद्र्धनमा योगदान पु-याउने जोशी, सामाजिक सहयोगका भरमा जनकपुरस्थित अत्यन्त फोहोर ‘मसानघाट’लाई सुन्दर ‘स्वर्गद्वार’ मा परिणत गर्ने सिंघानिया र सुखसयल छाडेर काभ्रेको हेलम्बुमा शिक्षण गरिरहेका गौतमलाई रिपब्लिक मिडियाका प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली र ललितपुर महानगरपालिकका मेयर चिरिबाबु महर्जनले १÷१ लाख पुरस्कारसहित सम्मानपत्र प्रदान गरेका थिए।
तीमध्ये सबैभन्दा पाका नागरिक नायक हुन्– संस्कृतिविद् सत्यमोहन जोशी। विं सं. १९७७ वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मेका जोशी यही वैशाख ३० गते सय वर्षमा प्रवेश गर्दै छन्। नेपाली लोक संस्कृति तथा साहित्यमा विशेष योगदान पु-याएबापत यसअघि पनि उनले थुपै्र पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन्।

सरकारबाट ‘वाङ्मय शताब्दी पुरुष’ उपाधि पाएका संस्कृतिविद् जोशीले नागरिक नायक घोषणाका दिन नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलसँगको कुराकानीमा नेपाली भाषा, संस्कृतिप्रति आफ्नो लगाव तथा सय वर्षे जीवनको विशेष अनुभव र अनुभूति साटेका छन्। यसपटक प्रस्तुत छ– त्यही कुराकानीको सम्पादित अंशः 

‘नागरिक नायक’को सम्मान पाउँदा कस्तो लागिरहेको छ ?
नागरिक नायकका रूपमा सम्मान पाउँदा खुसी लागेको छ। तपाईँहरूले लिएको लक्ष्य र उद्देश्य पूरा होस्। यही मेरो शुभकामना छ !
यहाँ सय वर्ष पुग्न लाग्नुभयो, सय वर्ष बाँच्दा कस्तो अनुभूति भइरहेको छ ?
नेपालीमा भनाइ छ– जब पुग्यो सय यमराजको भय। अन्तिम सयममा सबैलाई त्यही भय हुन्छ। यो उमेरमा जिउने भनेको लम्बाइ र चौडाइले नाप्ने कुरा होइन, उचाइ र गहिराइले नाप्न सक्यो भने त्यसको महŒव हुन्छ। लामो आयुमात्र बाँचेर केही काम लाग्दैन।
पाटनमा नेवार समुदायमा जन्मिएको मान्छे, नेपाली भाषाको उद्गम थलो खोज्न जुम्ला जानुभयो, के कुराले प्रेरित ग-यो  ?
अहिले पनि हामी घरमा आफ्नै नेवारी भाषामा कुरा गर्छाैँ, जतिबेला म ५/६ वर्षको थिएँ, त्यतिबेला पिताजीले पठनपाठनका लागि मलाई भाषा पाठशालामा राखिदिनुभयो। कम्तीमा नेपाली भाषा सिकोस् भनेर उहाँले त्यहाँ भर्ना गरिदिनुभएको थियो। मलाई ज्यान गए पनि नेपाल नआउने, त्यसले गर्दा कुटाइ खानुपथ्र्याे। त्यहाँ म ३/४ दिन पनि जान सकिनँ। पछि पिताजीले फेरि अंग्रेजी सिकाउन भन्दै मिडल स्कुलमा राखिदिनुभयो, ९ कक्षामा भर्ना गरिदिनुभयो।

त्यतिबेला अहिले १ कक्षा जस्तै ९ कक्षालाई मानिन्थ्यो। पढाइ पूरा गर्दै जाँदा कक्षा घट्दै आउने चलन थियो। त्यहाँ अंग्रेजी पढ्न मलाई झन् मुस्किल प¥यो, त्यहाँ पनि कुटाइ खानुपथ्र्याे । अन्ततः मलाई पिताजीले दरबार स्कुलमा राखिदिनुभयो। पाटनको मान्छे, दरबार स्कुल जाँदा ढिला हुने भएकाले पछि बस्नुपथ्र्याे। त्यतिबेला सधैँ एकदुईवटा विषयमा मात्र पास भइन्थ्यो। त्यहाँ वार्षिक र अर्धवार्षिक परीक्षामा पुरस्कार दिइन्थ्यो। भाषा पनि नजान्ने भएकाले त्यो पुस्कार पाउने त कहिले कहिले ! पाए हुन्थ्यो भन्ने त लाग्थ्यो तर कहिल्यै पाउन सकिनँ।
त्यहाँबाट त्रिचन्द्र कलेज गएँ ।

पछि मलाई के लाग्यो भने यो भाषा मलाई अप्ठेरो लागेर सानो छँदा कुटाइ खानुप¥यो। यदि यही भाषामा मैले कसैले गर्न नसकेको काम गर्न सकेँ भने त भन्ने लाग्यो। जुन बेला म सहप्राज्ञका रूपमा एकेडेमी पुगेँ, त्यतिबेला केदारमान बेथित कुलपति हुनुहुन्थ्यो, उहाँले चार जनालाई बोलाउनुभयो, सूर्यविक्रम ज्ञवाली, धर्मराज थापा, मलगायत थियौँ। उहाँले त्यतिबेला मलाई सोध्नुभयो– ‘संस्कृतिका क्षेत्रमा तपाईँ के काम गर्नुहुन्छ ? सूर्यविक्रम ज्ञवालीले कुलपतिसँग संस्कृतिको इतिहास भएन भने केही काम लाग्दैन भन्नुभयो। इतिहास जान्नैपर्छ भन्नुभयो। हाम्रो देशमा मेचीदेखि महाकालीसम्म जोड्ने इतिहास थिएन।

जुन आजसम्म पनि अपुरो र अधुरो छ। त्यहाँ संस्कृतिका लागि दर्शन चाहिने बारेमा पनि छलफल भयो। हामी पशुपति जान्छौँ, पशुपतिको दर्शन के हो त ? मैले चाहिँ लोकगीत पनि संकलन गरेर मदन पुरस्कार पाएकै हो तर धर्मराज थापाले पनि काम गर्ने भएपछि मलाई अहिलेसम्म कसैले नगरेको र कोही नपुगेको कर्णालीको सिंजाखोला उपत्यकामा गएर काम गर्न मन लाग्यो। मेरो यो प्रस्ताव सुनेर कुलपतिदेखि प्राज्ञसम्म हासे। हुनै नसक्ने काम भने। त्यहाँ कसरी जानुहुन्छ भनेर प्रश्न गरे। तर मैले जिद्दी गरेपछि अन्ततः उनीहरू पठाउन तयार भए।

– मलाई के लाग्यो भने नेपाली भाषा अप्ठेरो लागेर सानो छँदा कुटाइ खानुप-यो। यदि यही भाषामा मैले कसैले गर्न नसकेको काम गर्न सकेँ भने भन्ने लाग्यो।
–मानिसले अभ्यास ग-यो भने औपचारिक शिक्षाबिना पनि राम्रो गर्नसक्छ। पढेर मात्र हुँदैन।
–दत्रातयले कुकुरलाई गुरु मानेजस्तै मैले जुरेली चरीलाई गुरु मानेँ। चिन्तन, मनन गर्नुपर्छ चिन्ता गर्नु हुँदैन। मैले बुझेको जीवन दर्शन यही हो।

त्यसपछि मैले एउटा योजना बनाएँ– एक्लै जान त भएन, त्यसपछि मैले गृहमन्त्रालय पुगेर सांस्कृतिक मानवशास्त्री छ भन्ने सुनेको छु, खटाइदिनुस भनेँ, त्रिभुवन विश्वविद्यालयमा गएर एकजना भाषाशास्त्री चाहियो भनेँ, त्यसपछि योजना आयोगमा गएर एकजना भुगोलविद् खटाइदिन आग्रह गरेँ।

त्यसपछि हामी चारपाँच जना २०२७ सालमा पिछडिएको कर्णाली पुग्यौँ। त्यहाँ पुग्दा अञ्चलाधीशले पनि कठिन भएको बताउनुभएको थियो। उहाँले यहाँ कामै हुँदैन फर्किनुस् भन्नुभएको थियो। यति दुःख गरेर आएका छौँ भनेपछि उहाँले बाटो देखाउन पिउनसम्म पठाइदिनुभयो। हाम्रो उद्देश्य नेपाली भाषाको उद्गमस्थलको नालीबेली पत्ता लगाउनु थियो। त्यहाँको जीवनशैली, संस्कृति पत्ता लगाउनु थियो। हामीले निकै मेहनत ग-यौँ। त्यहाँको इतिहास पत्ता लगाउन प्रयास ग-यौँ। र, पछि फर्किएर आएपछि आफ्नो क्षेत्रगत विषय अनुसारका पाँच भोलुममा त्यसको प्रकाशन पनि ग-यौँ। त्यसरी सुरुमा नेपाली भाषा नजानेर समस्या भोगेको मैले नेपाली भाषाकै उद्गमस्थलमै पुगेर अनुसन्धान गर्ने प्रयास गरेँ। मानिसले अभ्यास ग-यो भने औपचारिक शिक्षाबिना पनि राम्रो गर्नसक्छ। पढेर मात्र भएन, त्यसलाई व्यवहारमा उतार्ने प्रयास पनि गर्नुपर्छ।

यो उचाइबाट अरूलाई सार्थक जीवन बनाउन के सल्लाह दिनुहुन्छ ? यहाँसग कुनै त्यस्तो सूत्र छ कि ?
राजा यक्ष मल्लका पालामा  दत्रातय मन्दिर बनेको थियो। जुन अहिले पनि छ। दत्रातयका २४ गुरु थिए। तीमध्ये एउटा कुकुर पनि थियो। उनी जहिले कुकुर साथमा लिएर हिँड्ने गर्थे। पुतली उनका गुरु थिए। जतिबेला म कामको सिलसिलामा गाउँघरमा गएको थिएँ, त्यतिबेला सहरका मान्छे गाउँघरमा जाँदा पनि खानाको राम्रो व्यवस्था थिएन। त्यतिबेला दोस्रो विश्व युद्धको समय थियो। ब्रिटिसले जर्मनसँग लड्नुपर्ने जापानसँग लड्नुपर्ने। नेपालका मगर र गुरुङका छोरोछोरीलाई युद्धका लागि लगिन्थ्यो।

त्यतिबेला गाउँघरतिर ‘गाई पाल्यो रेलिमै जंगलको बाघलाई, छोरा पाल्यो रेलिमै जर्मनको ढाबलाई’ भन्ने गीतै गाइन्थ्यो। त्यसको अर्थ– जर्मन युद्धमा हाम्रा छोराछोरीले बलिदान दिनुपर्ने भन्ने हो। साथै त्यतिबेला ‘के खायो रेलिमै के लायो होला, मेरो माया रेलिमै वनको जुरेली चरीलाई’ भन्ने गीत पनि गाइन्थ्यो।

त्यो गीतले मलाइ छोयो। त्यसछि मैले विचार गरेँ। म गाउँघरमा आएँ, अब असन्तोष गर्नुहुँदैन सन्तोष लिनुपर्छ भन्ने लाग्यो। जुरेली चरीलाई सादा जीवन उच्च विचारको प्रतिबिम्बका रूपमा लिइन्छ। सामान्य जीवन बिताउने, भोलिको चिन्ता गरेर के हुन्छ भन्ने लाग्यो। त्यसपछि मैले दत्रातयले कुकुरलाई गुरु मानेजस्तै जुरेली चरीलाई गुरु मानेँ र अघि बढेँ। चिन्तन मनन गर्नुपर्छ तर चिन्ता गर्नु हुँदैन। चिन्ता नगर्दा धेरै कुराबाट मुक्त हुन सकिन्छ। मैले बुझेको जीवन दर्शन यही हो। यसले नै सार्थक जीवन जिउन सहयोग गर्छ।








यसमा तपाईको मत

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad