८ वैशाख २०८१ शनिबार
राजनीति

प्रदेश नम्बर २ को सरकार ढाल्ने दाहालको संकेत

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले प्रदेश नम्वर दुईको सरकार परिवर्तन हुन सक्ने चेतावनी दिएका छन्। मंगलबार खुमलटार स्थिति निवासमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले प्रदेश नम्बर दुईको सरकार जनताको हित अनुसार नचलेको भन्दै असन्तुष्टि जनाए। 'जसरी त्यहाँ सरकार चलेको त्यसले राम्रोसँग काम गर्न सकेको छैन', उनले भने, 'तराई मधेसमा पनि कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार बन्दा मात्रै त्यहाँ जनताको हित हुन्छ। हामीले चाहने हो भने प्रदेश दुईमा अहिल्यै पनि सरकार बन्न सक्छ।'

वर्तमान प्रदेश सरकारलाई राम्रो काम गर्नुस् हाम्रो साथै हुन्छ भनेर भने पनि यहाँसम्म आइपुग्दा झन् बढी भ्रष्टाचार झन् बढी वेइमानी हुँदै गएको उनले भनाई छ।

विकास योजना निर्माणमा व्यक्ति व्यक्तिको फोन नम्बर रेड वुकमा छ भन्दा आश्चार्य लागेको उनले बताए। 'यही स्थिति हो भने बिचैमा पनि हामीले सरकारको नेतृत्व लिने परिस्थिति आउन सक्‍छ', दाहालले सरकार ढाल्ने संकेत दिए।

प्रदेश दुईमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) को संयुक्त सरकार रहेको छ। फोरमा लालवावु राउतले दुई नम्बर प्रदेश सरकारको नेतृत्व गरिरहेका छन्।

 

प्रकाशित: १७ वैशाख २०७६ ०६:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App