१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ट्रकले युवतीको ज्यान लिएपछि लम्की बजार तनावग्रस्त

घटनापछि तनावग्रस्त लम्की बजार । तस्बिरः दिनेश न्यौपानेको फेसबुकबाट

काठमाडौं - कैलालीकाे लम्कीमा ट्रकको ठक्करबाट एक युवतीको ज्यान गएकोे छ। ना ७ ख ९२३३ नम्बरको ट्रकको ठक्करबाट लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत सुनिता रावलको ज्यान गएको इलाका प्रहरी कार्यालय मोतीपुरले जनाएको छ।

मंगलबार बिहान क्याम्पसबाट फर्किने क्रममा उनलाई ट्रकले ठक्कर दिएको थियो। रावलको ज्यान गएपछि आक्रोसित स्थानीयले प्रदर्शन गरेका छन्।

दोषीमाथि कारबाही र मृतकको परिवारलाई क्षतिपूर्तिको माग राख्दै स्थानीय प्रदर्शनमा उत्रिएका हुन्। प्रदर्शनकारीले ठक्कर दिने ट्रक नियन्त्रणमा लिएर तोडफोडसमेत गरेका छन्।  प्रदर्शनले अहिले लम्की बजार तनावग्रस्त बनेको छ।

प्रकाशित: १७ वैशाख २०७६ ०५:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App