४ वैशाख २०८१ मंगलबार
समाज

कमला नदीको पुल निर्माणबाट पप्पुलाई हटाइयो

सिन्धुली- आठ बर्षदेखि ठेक्का अलपत्र परेको यहाँको कमला नदीमा निर्माणधिन पुलको लुम्बिनी कन्ट्रक्सनले निर्माणको जिम्मा लिने भएको छ। सिन्धुलीको दुधौली नगरपालिका ३ झुगा र दुधौली नगरपालिकाकै वडा नं. २ हत्पते जोड्ने कमलानदीमा निर्माणधिन पक्कि पुल आठ बर्षदेखि अलपत्र अबस्थामा रहेपछि पुल निर्माण गर्नका लागि जनप्रतिनिधिले अग्रसरता देखाएका थिए। जनप्रतिनिधिहरुको चर्को दबाब रहेपछि जेभीमै काम गरेको लुम्बिनीले पप्पुलाई हटाएर काम गर्ने जिम्मा लिएको हो।

आठ बर्षअघि औपचारिक रुपमा तामझामसहित शिल्यान्याश भएको पुलको आधा पनि काम हुन नसकेपछि स्थानीय निरास भएका थिए। विश्व बैंकको ३२ करोड आर्थिक सहयोगमा आर्थिक बर्ष ०७२।०७३ मै निर्माण सम्पन्न हुने गरी पप्पु–लुम्बीनी जेभिले उक्त पुल निर्माणको जिम्मा लिएको थियो। तर जिम्मा लिएपनि लामो समयदेखि पुल अलपत्र परेपछि दुधौली नगरपालिका प्रमुख घनश्याम राउतले पुलको निर्माण गर्नका लागि पटक पटक दबाब दिएका थिए। कामको जिम्मा लिएर बर्षौदेखि योजना अलपत्र पार्ने ठेकेदारलाई कारवाही गर्ने सरकारको योजना रहेको समयमा पुल अलपत्र रहेको भन्दै गृहमन्त्रालयसम्म नगरप्रमुख राउत पुगेका थिए।

पाँच सय ४६ मिटर लामो उक्त पुलको पिल्लरको काम चार बर्ष अगावै सकिएको भएपनि बाकी काम हालसम्म हुन नसकेको दुधौली नगरपालिकाले जनाएको छ। जेभीमै काम गर्ने गरि ठेक्का सम्झौता भएको भएपनि सुरुवातमा पप्पुलेनै काम गर्ने आन्तरिक सहमती भएअनुसार पप्पुलाईनै कामको जिम्मा दिइएको थियो। तर आधा पनि काम नगरि अलपत्र पारेपछि जिम्मा लिएको काम गर्ने दायित्व आफुहरुको भएकाले काम गर्ने प्रतिवद्धता जनाएर सुरु गरिएको लुम्बिनी कन्ट्रक्सनले जनाएको छ।

'पप्पु र लुम्बनीले जेभीमा अन्य केहि योजनाहरुको पनि काम गरेको देखियो, त्यो सबैतिर अलपत्र छ, अलपत्र परेको जति काम लुम्बिनी कन्ट्रक्सनले काम गर्ने जिम्मा लिएको हो', नगरप्रमुख राउतले भने, आधा जति काम सकेर लामो समयदेखि अलपत्र रहेको पुलमा प्राविधिक सल्लाह अनुसार काम नलाग्ने भएका सबै हटाएर नयाँ बनाउन भनेका छौ।’ उनले केहि स्थानमा बाहिर देखिएको रडहरु खिया लागेर काम नलाग्ने अवस्थामा भएकालाई परिवर्तन गर्न सुझाव दिएको जनाए। लुम्बिनी कन्ट्रक्सनका शंकर राउतले पुल एक बर्षभित्र सम्पन्न गरेर बुझाउने बताए। अर्को बर्ष हामी पुल सम्पन्न गरिसक्नेछौ, उनले नागरिकसँ भने–‘पप्पुलनै सुरुमा काम सुरु गरेकाले उनिहरुको लगानी भएको हुन्छ, त्यसैले काम हामी गर्छौ भन्ने अवस्था थिएन।'

हाल पप्पुले अलपत्र पारेकाले पुल निर्माणबाट पन्छिएपछि आफुहरुले बनाउने जिम्मा लिएको शंकरले जनाए। 'प्राविधिकको सल्लाह बमोजिम काम नलाग्ने भएका स्पान लगायत रडहरु सबै नयाँ बनाउँछौ, पुलको इस्टमेट पहिलेकै अनुसार हुन्छ, उनले भने–‘एउटा स्पानको काम नलाग्ने देखिएको रडहरु भत्काएर हटाउने काम सुरु भइसकेको छ, अब हामी काम गर्छौ।   पप्पु कन्ट्रक्सनको लापरवाहीले लामो समयदेखि पुलको अलपत्र हुँदा ८ बर्षमा ३५ जना बढीले कमला नदी पार गर्ने क्रममा ज्यान गुमाईसकेको दुधौली नगरपालिकाका प्रवक्ता रितेश राउतले जानकारी दिए। पुलमाथिबाट नदीको वारपार गर्ने सपना बोकेको झन्डै चार बर्ष बढी भयो, तर चारवर्ष अगाडी जति निर्माण भयो त्यतिमै अलपत्र पारेर ठेकेदार हराएकाले पुलको जिम्मा लुम्बिनीले लिएको हो, प्रवक्ता राउतले भने–गृहमन्त्रीले काम नगर्ने ठेकेदारलाई कारवाही गर्ने अभियान चलाएको समयमा हामीले यो पुलको जानकारी गराउन मन्त्रालयमै गएका हौ।'

 

 

प्रकाशित: १७ वैशाख २०७६ ०५:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App