१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘एभेन्जर्सः इन्डगेम’को कमाई आक्रामक

लसएन्जल्स – गत अप्रिल २६ बाट विश्वव्यापी रूपमा प्रदर्शनमा आएको फिल्म ‘एभेन्जर्सः इन्डगेम’ले रिलिजको पाँचौं दिनमा विश्वव्यापी रेकर्ड तोड्दै १ दशमलब २ बिलियनको व्यापार गरेको छ। फिल्मले उत्तर अमेरिकामा ३ सय ५० मिलियन डलर र ८ सय ५९ मिलियन डलर ओभरसिज व्यापार गरेको हो। ओभरसिज व्यापारमा फिल्मले चीनमा गरेको ३ सय ३० मिलियन डलर व्यापारलाई पनि समेटिएको छ।

‘एभेन्जर्स’को फाइनल फ्रेञ्चाइजीको रूपमा रहेको यो फिल्मको अघिल्लो संस्करण ‘एभेन्जर्सः इन्फिनिटी वार’ गत वर्ष मात्र रिलिज भएको थियो। फिल्ममा जोइ रुसो र एन्थोनी रुसोको निर्देशन छ। यो फिल्मले गत वर्ष विश्वव्यापी रूपमा ६ सय ४० दशमलब ५ मिलियन डलरको ओपनिङ गरेको थियो। फिल्म ‘एभेन्जर्सः इन्फिनिटी वार’ले १ बिलियन डलरको व्यापार गर्न ११ दिनको समय लगाएको थियो।

फोब्र्सका अनुसार विश्वव्यापी रूपमा थ्रीडी फम्र्याटमा फिल्म हेर्नका लागि ४५ प्रतिशत टिकट बिक्री भएका थिए। जबकी ९१ दशमलब ५ मिलियन डलर मूल्यका टिकट आइम्याक्स स्क्रिनमा बिक्री भएको थियो। यसबाहेक यो फिल्मका लागि प्रयोग गरिएको फोरडीएक्स फम्र्याटबाट झण्डै १५ मिलियन अमेरिकी डलरको कमाई भएको थियो। यो फम्र्याटमा फिल्म हेर्दा दर्शकले फिल्ममा जस्तै पानी, हावा र चट्याङको अनुभव गर्छन्।

अमेरिकी पत्रकार हेलेन ओ हाराले ख्याती र फिल्ममा अभिनय गर्ने कलाकारहरूमा गरिएिको लगानीका कारण पनि फिल्मले विश्वव्यापी आक्रामक कमाई गरेको बताए। ‘मार्भलले यसअघि निर्माण गरेका २१ वटा फिल्ममा देखेका कलाकारका कारण पनि दर्शकले ती कलाकार प्रति चासो देखाउँछन्। त्यसकारण पनि दर्शकहरूले आफुलाई मनपर्ने कलाकारको फिल्म हेर्न पैसा खर्च गर्न परवाह गरेका छैनन्’, उनले भने, ‘मैले फिल्म हेर्दा दर्शकहरू कहिले तालीमा रमाउँथे। त कहिले फिल्मको दृश्य आँशुमय हुन्थे। किनकी फिल्मको कथाले दर्शकलाई राम्रोसँग बाँधेका थियो।’ ‘एभेन्जर्स’को फ्रेन्चाइजले सन् २००८ बाट ‘आइरन मेन’को रूपमा पुनरागमन गरेको थियो।

प्रकाशित: १७ वैशाख २०७६ ०३:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App