७ वैशाख २०८१ शुक्रबार
राजनीति

समाजवादी फोरमको प्रदेश अध्यक्षमा विजय यादव

प्रदेश अध्यक्ष निर्वाचित विजय यादव। तस्विरःनागरिक

लहान - संघीय समाजवादी फोरम नेपालको प्रदेश २ को अध्यक्षमा विजय यादब विजयी भएका छन्। निकटतम प्रतिस्पर्धि रेणुकुमारी यादवलाई ३७ मत अन्तरले पराजित गर्दै विजय विजयी भएका हुन। मंगलबार बिहान घोषित निर्वाचन परिणाम अनुसार विजय यादवले १ सय ८४ मत प्राप्त गरे भने उनका निकत्तम प्रतिस्पर्र्धि रेणुले १ सय ४७ मत प्राप्त गरिन।

विजय प्रदेश २ सरकारको आर्थिक मामिला तथा योजना मन्त्री हुन। उनी समाजवादी फोरमको केन्द्रिय कोषाध्यक्ष थिए। उनलाई अध्यक्ष उपेन्द्र यादवको विश्वास पात्रको रुपमा लिइन्छ। शनिबारबाट लहानमा सुरु समाजवादी फोरमको प्रदेश अधिवेशनका लागि सहमतीमा पदाधिकारी चयनको प्रयास असफल भएपछि आइतबार निर्वाचन प्रक्रिया सुरु गरिएको थियो। आइतबार सुरु भएको मतदानमा सोमबार बिहानसम्म मत खसेको थियो।

नयाँ विधान अनुसार प्रदेशको ५१ सदस्यीय कार्यसमिति मध्ये ४१ जनाका लागि निर्वाचन भएको थियो। निर्वाचन समितिका अनुसार २ सय जनाले प्रदेश सदस्यमा उम्मेदवारी दर्ता गराएका थिए। अध्यक्ष र प्रदेश सदस्यबाहेक तीन जना उपाध्यक्ष , एकजना महासचिव, एक जना सचिव र एक जना कोषाध्यक्षसहित १० जना पदाधिकारि समितिले मनोनित गर्नेछ। प्रदेश समितिको निर्वाचनमा ४ सय ५ जना मतदाता थिए। समाजवादी महिला फोरमको प्रदेश अध्यक्ष पनि निर्वाचन प्रक्रियाबाटै चुनिएको छ। प्रदेश २ को समाजवादी महिला फोरमको अध्यक्षमा सञ्जीला यादव निर्वाचित भएकि छिन्।
 

प्रकाशित: १७ वैशाख २०७६ ०२:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App