coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

अन्तरप्रदेश यु–१६ त्रिकेटको तयारी पूरा

काठमाडौं – मनमोहन मेमोरियल क्रिकेट सेन्टरले बुधबारदेखि हुने मनमोहन मेमोरियल अन्तरप्रदेश यु–१६ त्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्विद्यालयको क्रिकेट मैदानमा हुने प्रतियोगितामा ७ वटै प्रदेशको सहभागिता रहनेछ। जसअनुसार समूह ‘ए’ मा प्रदेश ७, गण्डकी प्रदेश, प्रदेश ३ र कर्णाली प्रदेश गरी ४ टोली छन् भने समूह ‘बी’ मा प्रदेश १, प्रदेश २ र प्रदेश ५ रहेका छन्। २४ गतेसम्म चल्ने प्रतियोगिताका सबै खेल ३० ओभरका हुनेछन्। प्रतियोगितामा ह्वाइट ड्रेस र रातो बलको प्रयोग गरिने मनमोहन मेमोरियल क्रिकेट सेन्टरका अध्यक्ष ठाकुर गैरेले बताए।

प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेशले प्रदेश ३ सँग खेल्नेछ। प्रत्येक समूहको शीर्ष २ टोली सेमिफाइल प्रवेश गर्नेछन्। प्रतियोगिताको विजेताले २ लाख ५० हजार नगद र खेलकुद सामग्री गरी कुल ५ लाखबराबरको पुरस्कार हात पार्नेछ भने उपविजेताले नगद १ लाख ५० हजार र १ लाख ५० हजार बराबरकै खेलकुद सामग्री हात पार्नेछ।

 

प्रकाशित: १७ वैशाख २०७६ ०२:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App