coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

भुटानी टोलीविरुद्ध पुलिसलाई सफलता

दमक - पाहुना टोली भुटानको पारो एफसीलाई ३–० ले पराजित गर्दै नेपाल पुलिस क्लब सोमबार मेचीनगर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सेमिफाइनलमा पुलिसले संकटाको सामना गर्नेछ। 

पहिलो हाफको अन्त्यतिर कप्तान भरत शाहको गोलमार्फत पुलिसले अग्रता लिएको थियो। तेज तामाङको फ्री किकमा मानबहादुर परियारले मिलाइदिएको पास कन्ट्रोल गर्दै शाहले गरेको प्रहारले जाली चुमेको थियो। ५६औं मिनेटमा सुमन लामाको पासमा रवि पासवानले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। त्यसको दुई मिनेट बित्न नपाउँदै पासवानले पुलिसका लागि अर्काे गोल गरेपछि पुलिसको जित सुनिश्चित भएको थियो।

यसअघि खेलको १८औं मिनेटमा भरत शाहको प्रहार भुटानका गोलरक्षक शेरब ग्याल्सेनले बचाए। ३०औं मिनेटमा नीरकुमार राईको प्रहार पोस्टनजिकैबाट बाहिरियो। त्यसको ५ मिनेटपछि आशिष गुरुङको हेडर बारमा लागेर फर्कियो।
खेलको ४६आंै मिनेटमा दिवस सुब्बाको कडा प्रहार गोलरक्षक चौधरीले पन्च गरेर फर्काए। त्यसको चार मिनेटपछि भुटानका सेड्रिक अबाले गोल गर्ने अवसर खेर फाले।

खेलको म्यान अफ दी म्याच विजेता टोली नेपाल पुलिस क्लबका रवि पासवान भए। उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाए। मंगलबारको खेल रुस्लान थ्री स्टार क्लब काठमाडांै र इलामको माइ भ्याली क्लबबीच हुने आयोजक समितिका उपाध्यक्ष नवराज ओलीले जानकारी दिए। वैशाख १२ देखि सुरु प्रतियोगितामा नेपालका ८ क्लब, क्यामरुनको दाउफिन्स एफसी र भुटानको पारो एफसीको सहभागिता छ। प्रतियोगिताको विजेताले १० लाख १ हजार रुपियाँ हात पार्दा उपविजेताले ५ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछ।

जितपछि पुलिसका प्रशिक्षक अनन्तराज थापाले विपक्षी टोलीसँग पहिलो पटकको भेटका कारण सुरुमा स्कोर हुन नसकेको बताए। उनले खेलाडीबीच तालमेल मिल्दा जित हात लागेको बताए।

भुटानका प्रशिक्षक पुष्पलालले कृत्रिम मैदानमा खेल्ने खेलाडी प्राकृतिक मैदानमा खेल्दा खुल्न नसकेको टिप्पणी गरे। उनले नियमित खेल्ने ६ खेलाडीको अनुपस्थितिमा सोचेअनुकूलको नतिजा निकाल्न नसकिएको बताए।

प्रकाशित: १७ वैशाख २०७६ ०२:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App