८ वैशाख २०८१ शनिबार
अर्थ

एनआइसी एसिया बैंकको दुई नयाँ शाखा

काठमाडौं – एनआइसी एसिया बैंकले काठमाडौं उपत्यकाभित्र दुइटा नयाँ शाखा खोलेको छ। काठमाडौं महामनगरपालिका वडा नम्बर १४, कुलेश्वर र वडा नम्बर ३२, कोटेश्वरमा शाखा खोलेको छ।

कुलेश्वर शाखा बैंकको उपप्रादेशिक कार्यालय, प्रदेश नं ३ का प्रमुख अमित केसी र कोटेश्वर शाखा प्रादेशिक कार्यालय, प्रदेश नं ३ का प्रमुख राजेश रावलले सोमबार उद्घाटन गरेको बैंकले जनाएको छ।

बैंकले तीन सय हाराहारी शाखा, त्यत्तिकै संख्यामा एटिएम, तीन दर्जनभन्दा बढी एक्सटेन्सन काउन्टर र दुई दर्जनभन्दा बढी शाखारहित एकाइबाट सेवा दिइरहेको जनाएको छ। एनआइसी मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो। १६ लाख हाराहारी ग्राहक रहेको दाबी गर्ने बैंकले आफ्नो प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेको विज्ञप्तिमार्फत जानकारी गराएको छ।

प्रकाशित: १७ वैशाख २०७६ ०१:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App