७ वैशाख २०८१ शुक्रबार
समाज

चार महिनापछि खुल्यो गोठी ज्युला— कालाकाँडा सडक

चार महिना देखि अबरुद्ध भएको सडक खोल्न मुगु र जुम्लाका स्थानीय जन प्रतिनीघी , सुरक्षा निकायका प्रमुखहरुको सहभागितामा जम्मा भएका वार्ता टोली छलफल गर्दै । तस्वीर : सुमन मल्ल/गोठी जिउला

मुगु -  चार महिना देखि अवरुद्ध रहेको गोठी ज्युला कालाकाँडा गम्था सडक खण्ड सोमबार देखि सुचारु भएको छ । जुम्लाको सिंजा गोठी ज्युलादेखि मुगुको कालाकाँडा हुँदै खमाले गम्था जोड्ने सडक निर्माण गर्दा मुगु तर्फका नेताहरुले आसपासका बस्तीहरुमा विकास निर्माणका काम गरिदिने सहमति गरेका र अहिले सडक आसपास रहेका कनका सुन्दरी गाउँपालिका वडा नम्बर ३ मा पर्ने लुम,गौरी, ओखरपाटा, बुडु , माझ बुडुलगायतका बस्तीहरुमा सडक जोड्ने सहमति भएपछि स्थानीयले गरेको अबरोध हटेको हो।

दुई महिना हिमपातले अबरोध भएको सडक  हिउँ पग्लिएर खुल्ने बेला आफ्ना माग पुरा नभएको भन्दै लुमका स्थानीयवासीले अवरोध गराएका थिए । सडक चार महिनासम्म अबरुद्ध हुँदा मुगुको खत्याड गाउँपालिका भरि दैनिक उपभोग्य बस्तुको चरम अभाव सिर्जना भएको थियो भने निर्माण सामाग्री सबै गोठी ज्युलामा रोकिए पछि विकास निर्माणका कार्यहरु ठप्प बनेका थिए।

खत्याड गाउँपालिकामा सडक अबरोध पछि चरम संकट बढ्दै जाँदा स्थानीय व्यापारी दुबै जिल्लाका स्थानीय प्रशासन , मुगु उद्योग बाणिज्य संघ र नेपाल पत्रकार महासंघ मुगुको निरन्तरको प्रयासले सोमबार देखि सडक सुचारु भएको स्थानीय व्यापारी  लोगराज दाहालले जानकारी दिए । सोमबार विहान जुम्ला र मुगु दुवै जिल्लाका  प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख, सञ्चारकर्मि , उद्योग बाणिज्य संघका प्रतिनीधी , प्रदेश तथा प्रतिनीधी सभाका सदस्य सडक अबरोध भएको स्थानमा पुगे पछि स्थानीयवासीसंग दिन भरिका छलफल र सम्वाद पछि सडक आसपासमा रहेका गाउँ वस्तीमा सडक सञ्जाल जोड्ने , अब देखि सडक अबरोध नगर्ने , सडक अबरोध गर्नेलाई कानुनी कार्वाह ीगर्ने सहमति पछि सडक सुचारु गरिएको मुगु उद्योग बाणिज्य संघका अध्यक्ष कमल बुढाले बताए।

सडक र भौतिक पुर्वाधार विकासका लागि प्रदेश तथा संघीय सरकार तथा स्थानीय सरकारबाट पर्याप्त बजेट व्यवस्था गर्ने प्रतिबद्धता दुवै जिल्लाका प्रदेश तथा प्रतिनीधी सभा सदस्यले प्रतिबद्धता जनाए पछि स्थानीयवासी सडक खोल्न सहमत भएको नेपाल पत्रकारमहासंघ मुगुका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले जानकारी दिए । वार्ता र छलफलका लागि मुगुबाट प्रमुख जिल्ला अधिकार जयकुमार घिमिरे, प्रतिनीधी सभा सदस्य मोहन बानियाँ, सहितको टोली गोठी ज्युला पुगेको थियो भने जुम्लाबाट प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे , प्रदेश सभा सदस्य पदम रोकाया सहितको टोलि गोठि ज्युला पुगेको थियो।

प्रकाशित: १७ वैशाख २०७६ ०१:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App