८ वैशाख २०८१ शनिबार
अर्थ

पर्यटन प्रवर्द्धनका लागि बुद्धको प्रचार

काठमाडौं – नेपालको पर्यटन प्रवद्र्धनका लागि बेलायतमा अभियान सञ्चालन गरिएको छ। बुद्ध फाउन्डेसन युके र कपिलबस्तु समाज युके नेपालको पर्यटकीय गन्तव्य गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रचारमा जुटेको छ।

नेपाली राजदूतावास लन्डन, नेपाल पर्यटन बोर्ड नेपाल र गैरआवासीय नेपाली संघको सहकार्यमा विभिन्न अभियान सञ्चालन गर्दै आएको छ। अभियानअन्तर्गत बुद्ध जयन्तीको अवसरमा प्रवद्र्धन कार्यक्रम गर्न लागिएको बुद्ध फाउन्डेसनका सचिव सुरेन रूपाखेतीले बताए।

‘नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गरेर प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरेका छौं,’ उनले भने, ‘आगामी मे १२ तारिखमा दिन लन्डनको ट्राफलगर स्क्वायरमा २५६३ औं बुद्ध जयन्तीसहित विशेष कार्यक्रम मनाउँदै छौं।’ त्यहाँ नेपाली कला संस्कृति तथा परम्पराको समेत प्रवद्र्धन गरिने बुद्ध फाउन्डेसनका अध्यक्ष दिपक श्रेष्ठले बताए। बुद्ध फाउन्डेसन युकेले बुद्धको तस्बिर भएको पर्चा पम्लेट पनि सार्वजनिक गरेको छ।

प्रकाशित: १७ वैशाख २०७६ ०१:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App