८ वैशाख २०८१ शनिबार
खेल

कर्णाली–११ सेमिफाइनल प्रवेश

म्यान अफ द म्याच ग्रहण गर्दै महेन्द्रनगरका किरण ठगुन्ना

सुर्खेत - वीरेन्द्रनगरमा जारी वाइवाई कर्णाली प्रिमियर लिगअन्र्तगत कर्णाली–११ समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ।

तीन वटै खेल जितेर आयोजक कर्णाली–११ ले सेमिफाइनलमा स्थान पक्का गरेको हो। सेमिफाइनलका लागि अन्य तीन टिमको टुङ्गो लाग्न बाँकी छ।

सोमबार भएको खेलमा कर्णाली–११ ले त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित ग-यो। टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली–११ ले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ५६ रन बनाएको थियो।

कर्णालीका लागि लोकेश बमले अर्धशतकीय पारी खेले। ३० बलको सामना गरेका उनले छ चौका र दुई छक्का प्रहार गरे। यस्तै प्रदीप रसाइलीले ३४, जितेन्द्रसिंह ठकुरीले ३० तथा कप्तान रवीन्द्रजंग शाहीले २३ रन बनाए।

आर्मीका सुशन भारीले पाँच विकेट लिए। जितेन्द्र मुखिया र कुशल मल्लले १–१ विकेट लिए। एक सय ५७ रनको लक्ष्य पछ्याउने क्रममा आर्मीले पूरै ओभर खेलेर आठ विकेटको क्षतिमा एक सय ४५ रन मात्रै बनाउन सक्यो।

आर्मीका लागि विनोद भण्डारीले सर्वाधिक ५५ तथा हरिबहादुर चौहानले ३८ रन बनाए। विनोदले ४२ बलमा नौ चौका र एक छक्का तथा हरिले ३७ बलमा छ चौका प्रहार गरेका थिए। १५ ओभरमा ११२–३ को मजबुत अवस्थामा रहेको आर्मीले त्यसपछि लगातार विकेट गुमायो।

पछिल्ला पाँच ओभरमा आर्मीले २५ रन बनाउँदा पाँच विकेट गुमायो। आर्मीलाई लक्ष्यसम्म पुग्न नदिन कर्णाली–११ का बलर कृष्ण कार्की र रवीन्द्रजंग शाहीले ३–३ विकेट लिए। किशोर महतो र जितेन्द्रसिंह ठकुरीले १–१ विकेट लिए।

यस्तै सोमबार भएको पहिलो खेलमा महेन्द्रनगर क्रिकेट क्लवले रोमाञ्चक जित हात पारेको छ। महेन्द्रनगरले हिमालयन क्रिकेट एकेडेमीलाई पाँच रनले पराजित ग-यो। टस जितेर ब्याटिङ गरेको महेन्द्रनगरले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय ५१ रन बनायो। जवाफी व्याटिङ गरेको हिमालयनले सात विकेटको क्षतिमा एक सय ४६ रन मात्रै बनाउन सक्यो।

महेन्द्रनगरका लागि किरन ठगुन्नाले अविजित ४१ रनको योगदान दिए। ३१ बलको सामना गरेका ठगुन्नाले तीन चौका र दुई छक्का प्रहार गरे। सातौं नम्वरमा आएका दिनेश आग्रीले आक्रमक ब्याटिङ गरे।

१६ बल खेलेका उनले ३३ रनको विष्फोटक पारी खेले। उनले पाँच चौका र एक छक्का हानेका थिए। हिमालयनका शरद खड्काले दुई तथा सन्दीप खड्का र पवन कार्कीले एक–एक विकेट लिए।

हिमालयनले सुरुवात राम्रो गरे पनि पछिल्लो क्रमका ब्याट्सम्यानले दोहोरो अंक पु-याउन सकेनन्। हिमालयनका ओपनर पदम केसीले ५० तथा शक्ति भण्डारीले १९ रन बनाएका थिए। ५० बल खेलेका उनले छ छक्काको मद्दतमा अर्धशतक पूरा गरे।

अर्का ओपनर शक्ति भण्डारीले ९ बलमा तीन चौका र एक छक्काको मद्दतमा १९ रनको योगदान दिए। यस्तै दिपेद्र ऐरीले अविजित २९ रन जोडे पनि जितका लागि प्रयाप्त भएन्। महेन्द्रनगरका विक्रम ठगुन्ना र आकाश चन्दले समान २–२ विकेट हात पारे।

समूह ‘ए’ मा रहेको महेन्द्रनगरको यो पहिलो जित हो। हिमालयनले खेलेका दुवै खेलमा पराजित भएको छ।

प्रकाशित: १६ वैशाख २०७६ १३:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App