७ वैशाख २०८१ शुक्रबार
समाज

गोठ गएकी महिलाको भीरबाट लडेर मुत्यु

तनहुँ – तनहुँ शुक्लागण्डकी नगरपालिका–७ भोटेपानीमा रहेको गोठमा गएकी एक महिलाको चिप्लिएर भीरबाट खसेर मृत्यु भएको छ।  कास्की रुपाकोट घर भएकी ४५ वर्षीया पुष्पादेवी खड्का छोरीको घर बेलचौतारा बस्दै आएकी थिइन्।

गोठ जाने बाटोबाट अन्दाजी २५ फिट तल खस्दा उनको मृत्यु भएको स्थानीयले देखेका प्रहरीले बताएको छ। स्थानीयले पुष्पादेवीलाई अचेत अवस्थामा देखेपछि बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।  

प्रकाशित: १६ वैशाख २०७६ १२:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App