coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पानी तान्ने माेटर जाेडेर चलाउन खाेज्दा करेन्ट लागेर मृत्यु

महोत्तरी - करेन्ट लागेर महोत्तरीमा एक युवकको मृत्यु भएको छ। भंगहा नगरपालिका ९ हरिणमरी घर भएका ३२ बर्से लगन साहको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

पानी तान्ने मोटर जोडेर कल चलाउने क्रममा अचान्क करेन्ट प्रवाह भएपछि साह गम्भीर घाइते बन्नेका थिए। उनलाई उपचारका लागि अंचल अस्पताल जनकपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकको शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: १६ वैशाख २०७६ १२:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App