coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
भिडियो

ढुङ्गेधारामा पानी नै छैन

काठमाडौँ - कुनै समय काठमाडौँ उपत्यकाका अधिकांस ढुंगेधारामा अविरल पानी बग्थ्यो । काठमाडौँ वासीका लागि खानेपानीको मुख्य श्रोतको रुपमा थियो । तर बढ्दो जनसंख्या र शहरीकरणका कारण सांस्कृतिक र ऐतिहासिक महत्व बोकेका यस्ता ढुङ्गेधाराहरू दिन–प्रतिदिन लोप हुदै जान थालेका हुन् । 

काठमाडौँ उपत्यकामा ३ सय ९४ ढुंगेधारा छन् । चौबिसै घण्टा पानी वगि रहने ढुंगेधारा अहिले एकाध बाहेक प्राय सबै संरचनामा मात्र छन् । जमिन मुनिको पानीलाई जलभण्डार गरि ढुंगेधाराबाट पानी आउने व्यवस्था मिलाइएको भएपनि विकासका नाममा जथाभावि वाटो तथा भवन निर्माण हुदा पानीको श्रोत नै हराउदै गएको छ । 

अर्को तर्फ भूकम्प पछि पनि यस्ता पुरातात्विक संपदाको पुर्न निर्माणमा चासो पुगेको पाइदैन । ढुंगेधारा नेपाली कला, सभ्यता र संस्कृतीको पहिचान समेत हुन् । तर यसको संरक्षण र प्रवर्धनका लागि सरोकार निकायले चासो भने दिएको छैन । अर्को तर्फ उपत्यकावासीले अहिले पानीको अभाव खेपिरहेका छन् त्यसको विकल्पको रुपमा पनि ढुंगेधारा हुनसक्थ्यो । यस्ता परम्परागत प्रविधि र कलात्मक शैलीमा निर्माण गरिएका ढुंगेधाराहरू लोपहुने अबस्थामा पुगेका छन् यस्ता सम्पदाहरुको उचित संरक्षण हुनु जरुरि छ । 

प्रकाशित: १६ वैशाख २०७६ १२:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App