८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

भारतमा चौथो चरणको मतदान बलिउडका कलाकारको बाक्लो उपस्थिति

नयाँदिल्ली– भारतको तल्लो सदन लोकसभाका लागि चौथो चरणको मतदान सोमबार शुरु भएको छ। भारतीय निर्वाचन आयोगका अनुसार ९ वटा राज्यका ७१ स्थानका लागि सोमबार मतदानको लागि त्यहाँ बिदा दिइएको छ।

निर्वाचन आयोगका अनुसार, चौथो चरणको निर्वाचनमा १२ करोड ७९ लाख मतदाता रहेका र उनीहरुले ९४५ जना उम्मेदवारको भाग्यको फैसलाको लागि चर्चित बलिउड कलाकारहरुले मतदान गरेका छन्। भारतका धनाढ्य व्यक्तित्वहरु मुकेश अम्बानी र अनिल अम्बानीको मतदान केन्द्र पुगी मतदान गरेका छन्। बलिउडका ‘सुपर स्टार’ अमितताभ बच्चनका सम्पूर्ण परिवार, चर्चित बलिउड अभिनेता राकेश रोषणका सम्पूर्ण परिवार, अमिर खान, सलमान खान, अजय देवगण, रणबीर सिंहलगायत कैयौ चर्चित कलाकारको मतदान केन्द्रमा उपस्थिति रहेको छ।

चर्चित अभिनेत्री रेखा, हेमा मालिनी, माधुरी दिक्षित, काजोल, करिणा कपूर, प्रियंका चोपडालगायतका अभिनेत्रीहरु पनि मतदान केन्द्रमा उपस्थित रहे। भारतीय प्रख्यात क्रिकेटर सचिन तेन्दुलकर पनि आफ्ना सम्पूर्ण परिवारसहित मतदान केन्द्र पुगी मतदान गरेका थिए। प्रधानमन्त्री नरेन्द्र मोदीले आमजनतालाई ट्वीटरमार्फत मतदानमा सक्रिय सहभागी हुन आह्वान गरेका छन्। यी सवै कलाकारले पनि सर्वसाधारणलाई मतदान आफ्नो मताधिकार सुरक्षित गर्न आह्वान गरेका थिए।

बिहान सात बजेबाट नै १० हजार मतदान केन्द्रलाई खुल्ला गरिए तापनि सो समयमा नै लामो लाइन भएको समाचारमा जनाइएको छ। यता बलिउड कलाकारको मतदान केन्द्रमा बाक्लो उपस्थिति रहेको छ भने, उता सर्वसाधारणको भने मतदान केन्द्रमा कम मात्र उपस्थिति रहेका समाचारमा जनाइएको छ। आम निर्वाचनमा आम जनताको उपस्थिति नै निर्वाचनलाई सफलताको रुपमा लिन सकिन्छ। सात चरणको चुनाव सम्पन्न भएपछि मे २३ मा मतगणना हुनेछ। रासस

प्रकाशित: १६ वैशाख २०७६ ११:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App