coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

गाउँमै खानेपानी पाएपछि स्थानीय दङ्ग

अछाम– अछाम साफेवगरकी नगरपालिका ७ रिडिकोटकी चम्फा थापालाई लागेको थिएनकी डोकामा बोकेर पानी पिउनुपर्ने दिन हट्ला। उनलाई वर्षामा भन्दा पनि हिउँदका महिनाहरु सुरु भएपछि अझ बढि चिन्ता बढ्थ्यो। वर्षा याममा संग्लिने मुलले नजिकै पानी पाईने भएपनि हिउँदमा भने मुस्किलले पानी पाइन्थ्यो उनको बस्तिमा। तर अहिले उनी आफैले पानीको लागि सहजता महसुस गर्न थालेकी छन्।

साँफेवगर नगरपालिका वडा नम्वर ७ रिडिकोटले जनताको सहजताको लागि पानी ओसार्न ट्यांकर खरिद गरेर टोल टोलमा पानी वितरण गर्न थालेपछि उनी जस्तै सबैलाई सहज भएको छ। ‘तीन बजे राति उठेर नाउला धाउनु पर्थ्यो, तै पनि कनै दिन त पानी सकिएको हुन्थ्यो, आजकाल वडा कायालयले गर्दा हाम्रो घरमै पानीको सहजता छ।’ भाडाँकुडा सफा गरेको पानीले तरकारी बारीसमेत बनाएको उनले बताईन्।

रिडिकोटकै ज्ञानु शाह विगतको हिउँद यामको दुःख सँम्झदै भन्छ्न् ‘झिसमिसेमै उठेर गाग्री बोक्दै पानी लिन कुवातिर लाग्नु पथ्र्यो। ‘मध्ये रातमै हिँडेर कुवामा पुगे पनि, पहिले कुवामा गाउँका अरु महिला पानी लिन पुगिसकेका हुन्थ्ये।’ गाउँ नजिकैको पानीको मुहान सुकेपछि एक किलोमिटर ओरालो झरेर बुढिगंगाबाट पानी ल्याउनुको विकल्प थिएन्’ उनले सुनाईन्। ‘कुवामा ढिलो पुग्यो भने त पानी भर्नै पाईदैन भन्ने चिन्ता हुने।’ ढिलो पुगेको दिन त कुवामा पानी सकिएर कहिले काँही खाली भाडो बोकेर घर फर्किनु परेको उनले सुनाईन्। ‘हामी गाउँवासी वडा अध्यक्षलाई धेरै धन्यवाद दिन्छौ, उहाँले हाम्रो पीडा बुझ्नुभयो, हामीले दिएको मत काम लागेको अनुभव भएको छ।’ पानीको सारै समस्या भइरहने रिडिकोटमा अब भने दुःखका दिन सकिएको उनको बुझाई छ।

रिडिकोटका वडा अध्यक्ष मिठ्ठु भाटले भने ‘हाम्रो गाउँका दाजुभाईलाई पानीको निकै सास्ती थियो। आर्थिक वर्ष २०७४/७५ को बजेटबाट रकम विनियोजन गरेर गएको असारमा ट्यांकर खरिद गरियो, चार हजार लिटर क्षमताको उक्त ट्यांकरले दिनमा तीन पटक बुढिगंगाबाट पानी ओसार्ने काम गर्छ।’ २५ सय जनसंख्या रहेको रिढिकोटमा दैनिक १२ देखि १६ हजार लिटर पानी वितरण हुने गरेको उनले जानकारी दिए। ककडसातमा २५० घरधुरी, डोडरमा १ सय घरधुरी, नवागाउँमा ५० घरधुरी छन्। ट्यांकरले प्रत्येक टोलमा गएर। पानी वितरण गर्ने गरेको छ।

खानेपानीलाई अझ व्यवस्थित बनाउन रिडिकोटको सबै ठाउँमा सहज किसिमले पानी वितरण हुने गरि स्टोर ट्यांकीको निमार्ण गर्न लागिएको उनले जानकारी दिए। ‘जनतालाई दिर्घकालिन सहजताको लागि छिपेखोलामा वोरिङ्ग निमार्ण कार्य जारी रहेको छ, वोरिङ्गको काम सकिएपछि विजुलीको सहायताले पानी स्टोर ट्यांकीमा आउँछ त्यसपछि झन सजिलो हुन्छ।’

‘टोलटोलमा पानी वितरण समिति गठन गरिएको छ, जसले गर्दा पानी वितरणमा सहजता भएको छ।’ रिडिकोट पानी वितरण समितिका अध्यक्ष खम्मसिह भाटले बताए। प्रत्येक टोलहरुमा पानी संकलनको लागि ५ सय लिटर क्षमताका ट्ंयाकी राखिएको छन्। ट्यांकरले ओसारेको पानी स्टोरेज गरेर निश्चित समयमा वितरण गर्ने गरेका छौं’ उनले भने।

प्रकाशित: १६ वैशाख २०७६ ११:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App