काठमाडाैं : संघीय संसदको चौथो अधिवेशनलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका उपनेता सुवास नेम्वाङले आन्दोलनबाट प्राप्त व्यवस्था असफल हुँदा सत्तारूढ दल र प्रतिपक्ष दलमात्रै असफल नहुने बताएका छन्।
नेम्वाङअघि संसदलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले सार्थक प्रपिपक्षको भूमिका निर्वाह गर्ने बताएका थिए। नेम्बाङले देउवाको भनाइप्रति इंगित गर्दै यो सार्थक प्रतिपक्षको भूमिका सरकारलाई उपब्धिपूर्ण भएको बताएका छन्।
धर्म निरपेक्षता र संविधानको कार्यान्वयनमा जोड दिन आग्रह गर्दै उनले विगतको अधिवेशनबाट जनताको मौलिक अधिकारको सुनिश्चितता प्रदान गर्नुपर्ने बताए। ‘कानुनको निर्माणले समाजलाई अघि बढाएको छ’, उपनेता नेङबाङले भने।
जनता सरकारसँग निरासा नभएको बताउँदै उनले तीन तहको निर्वाचन, कानुन निर्माणलगायत विषयले समाजलाई अघि बढाएको बताउँदै यसले जनतामा उत्साह ल्याएको दाबी गरे।
सरकार पक्ष र विपक्ष दुवैको एकमतको आवाज हुनु पर्नेमा उनको जोड थियो। सत्ता र प्रपिपक्ष भष्ट्रचारका विषयमा शून्य सहनशीलता भन्छन्, तर व्यवहारमा ल्याउन दुवै पक्ष मिलेर काम गरी जनतालाई अनुभूत हुने किसिमको काम गर्नुपर्नेमा उनले जोड दिए।
प्रकाशित: १६ वैशाख २०७६ ११:२५ सोमबार