coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संकट रोक्न महाअभियोगमा जानैपर्छः प्रदीप पौडेल

काठमाडौं— कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले पद र शक्तिको दुरुपयोग गरी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नै बद्‌नाम गराउने कार्यमा संलग्न लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनै पर्ने बताएका छन्।

हामी महाअभियोगको प्रतिपक्षमा उभिँदा देश थप संकटमा फस्नेछ। संविधान कार्यान्वयनका लागि एक जुट भएका मुख्य तीन दल विभाजित भएर अझ टाढा पुग्नेछन्। त्यसैले लोकमानलाई काँध थाप्नुको तुक छैन

कांग्रेस केन्द्रीय समिति बैठकमा शुक्रबार बोल्दै उनले महाअभियोगको मुद्दा व्यक्ति लोकमानसँग मात्र जोडिएको नभई विधिको शासन र कानुनी राज्यको समेत विषय भएको उल्लेख गरे। महाअभियोगमा नजाँदा राजनीतिक दलहरु थप विभाजित हुने खतरा रहेको उनले औंल्याए।

'कांग्रेसले लोकमानलाई जोगाउन सक्छ तर त्यसपछिको परिणाम कांग्रेसको पक्षमा हुने छैन', उनले केन्द्रीय समितिमा धारणा राख्दै भने,  'हामी महाअभियोगको प्रतिपक्षमा उभिँदा देश थप संकटमा फस्नेछ। संविधान कार्यान्वयनका लागि एक जुट भएका मुख्य तीन दल विभाजित भएर अझ टाढा पुग्नेछन्। त्यसैले लोकमानलाई काँध थाप्नुको तुक छैन।'

लोकमानलाई जोगाउन लागि परे त्यसले कांग्रेसलाई राजनीतिक नोक्सानी पुग्ने उनले बताएका थिए। कांग्रेसले लोकमानलाई काँध हालेमा त्यही मुद्दा लिएर एमालेले 'पब्लिक सेन्टिमेन्ट' जित्न सक्ने भन्दै उनले जनताको भावनालाई ध्यान दिएर निर्णय लिनुपर्ने बताएका थिए।

मुख्य दल विभाजित हुँदा संविधान कार्यान्वयन तथा चुनाबमा समेत असर पर्ने भन्दै लोकमानजस्तो व्यक्तिका लागि पार्टीले देशलाई अप्ठ्यारोमा पार्नु नहुने बताए।

शुक्रबार कांग्रेस केन्द्रीय समिति बैठकमा १७ जनाले बोलेका थिए। ती मध्ये कार्कीलाई महाअभियोग लगाउनुपर्छ भन्नेमा पौडेल एक जना मात्र थिए। १६ जनाले हाकाहाकी र घुमाउरो पाराले लोकमानलाई काँध हाल्नुपर्ने राय प्रकट गरेका थिए।

बैठक सोमबार बिहान ८ बजेका फेरि बस्नेछ।

प्रकाशित: ५ कार्तिक २०७३ १४:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App