coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

भूकम्पलगत्तै घर बनाउने पीडितले अनुदान पाएनन्

गुनासो तथा पुनरावलोकन कार्यविधिसम्बन्धी दिक्तेलमा आयोजित कार्यक्रम

खोटाङ – भूकम्पलगत्तै घर बनाएका भूकम्पपीडितले हालसम्म अनुदान पाउन सकेका छैनन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सोमबार जिल्ला समन्वय समितिको हलमा गुनासो तथा पुनरावलोकन कार्यविधिसम्बन्धी एकदिने अभिमुखीकरण तथा अन्तक्र्रिया गरेको थियो।

उक्त कार्यक्रममा सहभागी जिल्लाका जनप्रतिनिधिले २०७२ वैशाख १२ को भूकम्पलगत्तै घर बनाएका वास्तविक पीडितलाई राज्यले अनुदान उपलब्ध गराउन नसकेको बताए।

भूकम्पले घर भत्किएपछि तत्कालै घर बनाएका पीडितलाई अनुदान दिने नाममा आसा मात्र देखाइएको जिल्ला समन्वय समिति खोटाङका सदस्य चर्चबहादुर विश्वकर्माले बताए। ‘जतिखेर भूकम्पले बस्ने ठाउँ बाँकी रहेन, ओत लाग्ने ठाउँ रहेन। त्यस्ता तिनले सकी नसकी घर बनाए। उनीहरु वास्तविक पीडित हुन्,’ विकले भने, ‘तिनलाई अनुदान दिन्छु भनेर कति वर्ष झुलाइरहने, कति दिनसम्म आलटाल गरिरहने राज्यले।’ पीडितलाई दिने भनिएको सहुलियतपूर्ण कर्जासमेत जिल्लाका बैंकले दिन अस्वीकार गरिरहेको सदस्य उनले बताए।

यस्तै, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठनअघि विपदका समयमा आफ्नै तरिकाले घर बनाएका भूकम्पपीडितलाई अनुदान दिने घोषणापछि हाल दैनिकजसो फोनमार्फत सोधीखोजी भइरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका वडाध्यक्ष विकास राईले बताए।

‘भूकम्प लगत्तै कतिपय पीडितले घर बनाएर बसिरहेका छन्, बनिसकेको घरको अनुदान कहिले आउँछ भनेर दैनिक फोन आइरहेको छ,’ वडाध्यक्ष राईले भने, ‘भूकम्प पीडितले सोधेको समयमा झट्ट उत्तर दिन जनप्रतिनिधिलाई अप्ठ्यारो परिरहेको छ।’ वडाध्यक्ष राईले दोश्रो किस्ता लिएका कतिपय पीडितले आवास निर्माणको काम नै नगरेको उल्लेख गरे।

‘दोश्रो किस्ता लियो तर अन्य काममा रकम खर्च गरेकाले आवास निर्माणको काम अघि बढेको देखिन्न,’ राईले भने, ‘कतिपय ठाउँका पीडित लिएको किस्ता फिर्ता गर्ने तरखरमा पनि बसिरहेको पाइएको छ।’ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका वडाध्यक्ष ललितकुमार राईले चिनजान र पहुँचका आधारमा प्राधिकरणका इन्जिनियरले अनुदान सिफारिसमा विभेद गरेको आरोप लगाए।

कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै प्राधिकरणका सहसचिव मुकुन्द निरौलाले समस्या हल हुँदै जाने बताए।

२ हजार ३ सय ४८ लाभग्राहीलाई तेश्रो किस्ता

खोटाङमा दुई हजार बढी लाभग्राहीले राष्ट्रिय आवास अनुदानवापतको तेश्रो किस्ता पाएका छन्। पहिलो र दोश्रो किस्ता लिएर आवास निर्माणको काम पूरा गरेका लाभग्राहीमध्ये मापदण्ड पूरा गरेका आधारमा २ हजार ३ सय ४८ लाभग्राहीले मात्र तेश्रो किस्ता पाएका हुन्।

प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)को कार्यालय खोटाङका इन्जिनियर धर्मेन्द्रकुमार झाका अनुसार कुल लाभग्राहीमध्ये ५ हजार ३ सय २८ लाभग्राहीले दोश्रो र ८ हजार ३ सय २४ लाभग्राहीले पहिलो किस्ता बुझिसकेका छन्। खोटाङका भूकम्पका कुल लाभग्राही ८ हजार ४ सय ४३ मध्ये हालसम्ममा ८ हजार ३ सय ३१ लाभग्राहीले सम्झौता गरेको कार्यालयले जनाएको छ।

२०७४ साल जेठ १९ गतेदेखि पहिलो किस्ता र २०७५ साल वैशाख ३० गतेदेखि दोश्रो किस्ता वितरण थालेको प्राधिकरणले असोजदेखि तेश्रो किस्ता वितरण थालेको हो। ३ लाख अनुदानमध्ये डीपीसीको काम सकिएपछि दोश्रो किस्ता बुझेर घरलाई छाना हाल्ने अवस्थामा पु¥याएका लाभग्राहीलाई ७५ हजार र शौचालय निर्माणपछि २५ हजारका दरले अन्तिम किस्ता दिने प्रावधान छ।

प्राधिकरणले बेलैमा पर्याप्त इन्जिनियर पठाउन नसक्दा, पठाइएका ईन्जिनियर काम छाडेर हिँड्दा, प्राविधिक मूल्यांकनकाक्रममा डाटा इन्ट्री गर्ने ट्याव आवश्यक मात्रामा व्यवस्था नहुँदा, जिल्ला आयोजना कार्यान्वयन इकाइ स्थापना नहुँदा आवास निर्माणको काम प्रभावित भएको हो। भूकम्पका कारण खोटाङमा १३ हजार ७९९ घरमा
 

प्रकाशित: १६ वैशाख २०७६ १०:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App