श्रीलंकामा बुर्का लगाउन प्रतिबन्ध

सोमबार, १६ बैशाख २०७६, १५ : ०७ एजेन्सी

कोलोम्बो– गत साता श्रीलंकामा भएका शृङ्खलाबद्ध आत्मघाती विस्फोटनपछि सरकारले अनुहार छोपिने खाले सबै प्रकारको कपडा लगाउनको लागि प्रतिबन्ध लगाएको छ।

गत हप्ता तीन चर्च र तीन होटलमा भएका आतङ्ककारी आक्रमणपछि २ सय ५० भन्दा बढी व्यक्तिको मृत्यु भएपछि अनुहार छोप्ने बुर्का जस्ता पहिरनलाई सोमबारबाट लागू हुने गरी प्रतिबन्ध लगाइएको श्रीलङ्का सरकारले  आइतबार घोषणा गरेको छ। 

सोमबारदेखि लागू हुने उक्त प्रतिबन्धमा कुनै विशेष पहिरनको उल्लेख नगरिएको भए तापनि यस्तो प्रतिबन्ध मुस्लिम महिलाहरूले प्रयोग गर्ने पहिरन बुर्कालक्षित रहेको छ।

आइतबार गरिएको यस निर्णयअनुसार अब कसैले पनि अनुहार छोपिने र पहिचानमा अवरोध हुने खालका पहिरन लगाउन नपाउने भएको छ।  यसअघि नै श्रीलङ्ककाको संसदमा सुरक्षा कारण देखाइदै बुर्कामा प्रतिबन्ध लगाउनु पर्ने आवाज उठ्ने गरेको थियो। 

श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राष्ट्रिय सुरक्षाका लागि आकस्मिक उपायहरू अपनाइएको बताए। बुर्का प्रतिबन्धलाई पनि आकस्मिक उपाय मध्येको एक भएको बताइएको छ। 

अनुहार छोप्ने यस परिहरको प्रतिबन्ध लगाउने सरकारको यो घोषणामा मुस्लिम महिलाहरूले लगाउने बुर्का वा ’निकाब’बारे प्रस्ट उल्लेख छैन, तर यो उनीहरूप्रति नै लक्षित छ भन्ने स्पष्ट देखिन्छ। 

श्रीलङ्कामा धेरै मुस्लिम महिलाहरूले अनुहार छोपिने खालका पहिरन लगाउँदैनन्, तर पछिल्ला वर्षहरूमा भने अनुहार ढाक्ने पहिरनप्रति आकर्षण बढेको पाइन्छ। 

श्रीलङ्कामा अनुहार छोप्ने खालका परिहरनमा प्रतिबन्ध लगाउने माग गरिँदै आएको भएका तापनि गत अप्रिल २१ मा भएको भीषण आक्रमणहरुपछि यस्तो प्रतिबन्ध लगाउनुपर्ने माग बढेको थियो। 

इस्लामिक स्टेट्स आतङ्ककारी समूहले जिम्मा लिएको यस भीषण आक्रमणहरुमा परी २ सय ५० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ५ सय भन्दाबढी घाइते भएका छन्।

यस आतङ्ककारी आक्रमणमा परी करिब ४० विदेश नागरिकको पनि मृत्यु भएको छ। मारिएका ती विदेश नागरिकहरु भारत, डेनमार्क, चीन, टर्की, नेदरल्याण्ड र पोर्चुगलका रहेका थिए। इसाईहरूको पर्व इस्टरका दिन गिर्जाघर र होटलहरूमा बम विस्फोटन गराइएको थियो। एएनआई

 







यसमा तपाईको मत

अन्य समाचार

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ...

१९७४ एडीको "निरन्तरता" (भिडियो)

१९७४ एडीको "निरन्तरता" (भिडियो)

सांगीतिक रक ब्याण्ड १९७४ एडीका पुराना सदस्यहरु रियुनाइटेड भए लगतै सांगीतिक कार्यक्रममा जुटिरहेको छ। ...

यस्तो छ दराज ११.११ सेलको फाइदा

यस्तो छ दराज ११.११ सेलको फाइदा

नेपालको अनलाइन शपिङ साइट दराजले संसारकै सबै भन्दा ठुलो सेल डे ११.११ सेल (एकदिनकोसेल) यहि कार्तिक २५ गते, नोभेम्बर ११...

साओमीको सर्भिस सेन्टर थपिए

साओमीको सर्भिस सेन्टर थपिए

साओमीले नेपालका लागि थप आधिकारिक सर्भिस सेन्टर घोषणा गरेको छ । ...

सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

नेपाल विज्ञापन संघ (आन) को आयोजना र सामाजिक सुरक्षा कोषको प्राविधिक सहयोगमा ‘सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको छ...

जनता बैंकको सहयोग

जनता बैंकको सहयोग

जनता बैंक नेपालले क्याम्पसलाई सहयोग गरेको छ । ...

एआई अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

एआई अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

ब्रिटिस कलेजले इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओई), पुल्चोक क्याम्पस र इन्स्टिच्युट अफ इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियर्सकोे साझेदारीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अन्तर्राष्ट्रिय...

एएमडीले ल्यायो सबैभन्दा शक्तिशाली डेस्कटप प्रोसेसर

एएमडीले ल्यायो सबैभन्दा शक्तिशाली डेस्कटप प्रोसेसर

प्रोसेसरको दौडमा इन्टेल पछि पर्दै ! ...

Ncell Footer Ad