coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

प्लाष्टिकको पेस्तोल देखाएर ६१ तोला सुन चोरी गर्ने पक्राउ

सिन्धुली– प्लाष्टिकको पेस्तोल देखाएर सुन चोरी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयले पाँच जनालाई प्रक्राउ गरि सार्वजनिक गरेको छ। गत चैत ६ गते सुनचाँदी बनाउने कालीगडको कोठाबाट ६१ तोला सुन चोरी गर्ने पाँच जना अभियुक्तलाई प्रहरीले पक्राउ गरि सोमबार सार्वजनिक गरेको हो। चोरीमा प्रयोग गरेको पेस्तोल प्लाष्टिकको नक्कली पेस्तोल रहेको प्रहरीले जनाएको छ।

भारत पश्चिम बंगाल घर भई हाल कमलामाई नगरपालिका ६ सिन्धुलीस्थित कुमारी मिश्रा खड्काको घरमा डेरा गरि सुनचाँदीका गरगहना बनाउँदै आएको सुरजितको डेराबाट सुन डकैती गर्ने समुहलाई प्रक्राउ गरि सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख एसपी चक्रबहादुर सिंहका अनुसार पक्राउ पर्नेमा कमलामाई नगरपालिका ५ मधुटार देउराली बस्ने २५ बर्षीय विनोदकुमार दियाली, उनकै भाई २१ बर्षीय बुद्ध दियाली, १८ बर्षीय प्रदिप दियाली, सुन्दरहरैचा नगरपालिका-२ मोरङ घर भई हाल सिन्धुलीको कमलामाई नगरपालिका ६ सगरमाथा सुनचाँदी पसलमा सुनको कालीगडको काम गर्ने २१ बर्षीय सुनिल बराईली र कमलामाई नगरपालिका वडा नं. ७ ठुलीटार बस्ने ३४ बर्षीय हरि खत्रीलाई प्रक्राउ गरिएको हो।

उनीहरुलाई एक महिना लामो अनुसन्धान पश्चात पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीहरुले ५२ तोला सुनका गरगहना र ९ तोला सुनको बुट्टा गरि ६१ तोला चोरी गरेको प्रहरीले जनाएको छ। चोरी हुनेबित्तिकै सिन्धुली उद्योग बाणिज्य संघले १ सय २० तोला सुन चोरी भएको विज्ञप्तीमा उल्लेख गरि सार्वजानिक गरेपनि जाहेरीवालाले ६१ तोला मात्रै सुन चोरी भएको जनाएको एसपी सिंहले बताए।

गाँउका स्थानीयले बनाउन दिएको गरगहना चोरिएको पाइयो, एसपी सिंहले भने ‘चोरीमा संलग्न मध्ये अझै तीन जना फरार छन्, उनीहरुको खोजी भइरहेको छ। उनले सुन अबैध हो वा होइन भन्ने अनुसन्धानकै विषय भएको र प्रारम्भिक जानकारी अनुसार ग्रामिण क्षेत्रका स्थानीयले पुरानो गहनालाई परिवर्तन गरि नयाँ बनाउन अर्डर दिएको गहनानै चोरी भएको जनाए। जिल्लाका १६ वटाटा सुनचाँदी पसलले कालीगडलाई बनाउन दिएको सुनचाँदीनै चोरी भएको जानकारी आएको छ, उनले भने थप अनुसन्धान भइरहेको छ। डकैती भएको सुन मध्ये २ वटा औंठी अभियुक्त विनोदकुमार दियालीले लिएको र अन्य सुनहरु फरार व्यक्तिहरुलेनै लिई गएको बयानका आधारमा खुलेको प्रहरीले जनाएको छ।

प्रकाशित: १६ वैशाख २०७६ ०९:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App