६ वैशाख २०८१ बिहीबार
समाज

गाँजा मुद्धाका फरार जेल चलान

मकवानपुर- लागुऔषध गाँजा मुद्दाका फरार इन्द्र लामा मोक्तानलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी निरीक्षक पवनकुमार झासहितको टोलीले पक्राउ गरेको छ। मकवानपुर जिल्ला अदालतले गत चैत्र १८ गतेको फैसलामा अभियुक्त मोक्तानलाई पाँच वर्ष कैदसहित रु ५० हजार जरिवाना तोकेको थियो।

अदालतले कारवाहीको फैसला गरे पनि ३९ वर्षीय मोक्तान फरार रहेका थिए। उनलाई राक्सिराङ गाउँपालिका–५ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मोक्तानलाई जिल्ला अदालतमा उपस्थित गराएर उक्त कैद भुक्तानको लागि भीमफेदी कारागार पठाइएको जानकारी गराएको छ। रासस

प्रकाशित: १६ वैशाख २०७६ ०८:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App