८ वैशाख २०८१ शनिबार
समाज

पाँच दिनदेखि इनारमा खसेका जिम्बाको जीवितै उद्धार

सर्लाही– हरिवन नगरपालिका अन्तर्गत घुर्कौलीस्थित सुकेको इनारमा खसेका एक सर्वसाधारणको आज सोमबार जीवितै उद्धार गरिएको छ।

हरिवन नगरपालिका–५ निवासी ५५ वर्षीय सानुमान जिम्बालाई नेपाली सेना रणशेर गण पाँचकुमारीका जमदार हिमबहादुर तिवारी नेतृत्वको सैनिक टोलीले उनलाई सकुशल निकालेको हो। गत वैशाख १२ गतेदेखि हराईरहेका जिम्बालाई आज बिहान ३० फिट गहिरो पानी सुकेको इनारमा स्थानीय बालकले देखेका थिए।

स्थानीय १३ वर्षीय बालक विवस पाख्रीनले इनारमा जिम्बालाई देखेपछि भुत भुत भन्दै गाउँतिर भागेपछि गाउँलेले घटनाबारे थाहा पाएका हुन्। देख्नेवितिकै स्थानीयले प्रहरीलाई खबर गरेर इनारमा फ्रुटी, पानीलगायत तल झारेको र जिम्बाले २ लिटर पानीसहित फ्रुटी तत्कालै खाएको स्थानीय समाजसेवी सुरेन्द्र लामाले बताए।

५ दिनदेखि इनारभित्रै रहेकाले जिम्बाको स्वास्थ्य अवस्था अत्यन्त कमजोर रहेको हरिवन–५ का वडा अध्यक्ष नागेन्द्र साहले बताए। वडाअध्यक्ष साहले जिम्बालाई उपचारका लागि तत्काल नमुना अस्पताल पठाएका छन्। जिम्बाका श्रीमतीसहित परिवारका सदस्यहरु भने खोज्दै बाहिर आफन्तकोमा पुगेको समाजसेवी सुरेन्द्र लामाले बताए।

प्रकाशित: १६ वैशाख २०७६ ०६:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App