coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

के हो बर्ड फ्लु ?

डा..केदार कार्की
बर्ड फ्लुभाइरसजनित पंन्छीहरूको रोग हो जुन मुख्यतः जङ्गली पंन्छीमा स्वाभाविकरूपमा पाइन्छ । बर्ड फ्लु कुखुराको कडाखाले संक्रामक रोग मानिन्छ । संक्रमित पन्छीको सम्पर्कमा आउनाले यसको संक्रमण मानिसमा फैलन्छ । यो अत्यन्तै संक्रामक भाइरस रोग हो । जसका कारण कुखुरा पालन व्यवसायले ठूलो क्षति बेहोर्नुपर्ने हुन्छ ।

मानिसमा खासगरी बच्चा र बूढा रोगी पन्छीको बिष्टा, प्वाँख, ¥याल, सिँगानको सम्पर्कमा आए यिनमा रोग फैलन सक्छ । मानिसमा बर्ड फ्लुको लक्षण साधारण फ्लुसँग मिल्दोजुल्दो हुन्छ । जस्तो कि सास फेर्न गाह्रो हुने, तीव्र ज्वरो, रुघाखोकी, नाक बग्ने आदि । त्यसैले यस्तो सिकायत भएमा नजिकको स्वास्थ्य संस्थामा यसको सूचना दिनुपर्छ ।सामान्यतः बर्ड फ्लु भाइरस ७० डिग्री सेल्सियसमा नष्ट हुन्छ । कुनै ठाउँमा बर्ड फ्लु भएको भन्ने पुष्टि भएमा अण्डा र कुखुराको मासु ७० डि.से. माथि पकाएर खाँदा भने कुनै जोखिम हुन्न ।

डराउने हैन, सावधान हुने
रोगी कुखुराको सिधा सम्पर्कमा नआउनूस् । पन्जा तथा सुरक्षा साधन प्रयोग गर्नुपर्छ । रोगीपन्छीको प्वाँख, श्लेपमा र बिष्टा नछुनूस् । छोइएमा साबुनपानीले तुरुन्त सफा गर्नुपर्छ । कुखुरालाई खोरमा राखेर पाल्नुपर्छ । संक्रमित कुखुरालाई मारेर निसंक्रमित हुने गरी सुरक्षित किसिमले गाडेर तह लगाउनुपर्छ ।

कुखुरा बचाउने उपाय
पन्छीहरूलाई रानीखेत, गवारो र बर्डफ्लु जस्ता धेरै रोग लाग्न सक्छ । यी रोग एक पन्छीबाट अर्कोमा दूषित दानापानीबाट अथवा प्रभावित पन्छीको मलमूत्र, प्वाँख आदिका माध्यमबाट पूरा बथानलाई प्रभावित गर्न सक्छ । कुखुरा पालनसँग जोडिनुभएको नाताले तपाईँ राम्रोसँग जान्नुहुन्छ कि आफ्ना पन्छीलाई यी रोगबाट बचाउनु कति महŒवपूर्ण हुन्छ भन्ने ।

फार्म सुरक्षित राख्ने
आफ्नो कुखुरा खोरमा राखेरमात्र पाल्ने । आफ्नो फार्ममा काम गर्ने कामदारलाई मात्र कुखुरा नजिक जान दिने । भिन्न प्रजातिका चरा एक ठाउँमा नराख्ने ।

सरसफाइ राख्ने
पन्छीको खोर र त्यसको वरिपरिको सरसफाइ आवश्यक हुन्छ । यसरी जीवाणु र विषाणुबाट बच्न सकिन्छ । पन्छीको खोरलाई सफा सुग्घर राख्नूस्, आफ्नो कुखुरा फार्म खोरलाई नियमितरूपले चुना अथवा कीटनाशक औषधि छरेर संक्रमण मुक्त गरेर राख्नुपर्छ ।

आहार र पेय जल व्यवस्था
पन्छीहरूलाई स्वच्छ एवं शीतल पेय जल तथा सन्तुलित ताजा दाना दिने, पन्छीको दाना तथा पेय जल प्रत्येक दिन बदल्ने साथै दाना पानीको भाँडा नियमित सरसफाइ गरी राख्ने ।
यदि अन्य कुखुरा फार्मबाट उपकरण या पन्छी ल्याउनुहुन्छ भने आफ्नो स्वस्थ कुखुराको सम्पर्कमा आउनुभन्दा पहिले राम्रोसँग सफाइ गर्ने र संक्रमण मुक्त गर्ने, अनावश्यक मानिस वा अरु फार्ममा काम गर्ने कामदार तथा बाहनहरूलाई आफ्नो फार्ममा प्रवेश गर्न सकिने ।

रोगको लक्षण पहिचान गर्ने
आफ्नाकुखुराको निगरानी राख्नूस् । यदि कुखुराको आँखा, घाटी वरिपरि सुन्निएको भएर आँखा नाकबाट पानी चुहिएको छ कि ? सिउर, लोती, खुट्टा निलो भइराखेको छ कि ? अचानक कमजोरभई प्वाँख खस्ने, बढेका तथा पन्छीको व्यवहारमा कमी आएको, दाना कम खाने, फूल कम पार्ने र असामान्य भन्दा मर्न थालेको छ कि बेलैमा अवलोकन गर्नूस् ।

पन्छी बिरामी भएको सूचना
आफ्ना पन्छी बिरामी भएका तथा मरेका सूचना तत्कालै नजिकको भेटेरिनरी संस्थामा गर्नुपर्छ ।
वरिष्ठ पशु चिकित्सक
 

प्रकाशित: १६ वैशाख २०७६ ०५:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App