coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भारतीय राजदूतको तर्क कांग्रेस केन्द्रीय समिति छिर्‍यो

शुक्रबार कांग्रेस केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठक। तस्विरः दीपेश श्रेष्ठ

काठमाडौं— नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा शुक्रबार बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनु नहुने राय दिएका छन्। बिहीबारदेखि सुरु भएको बैठकमा दोस्रो दिन बोल्ने १७ मध्ये प्रदीप पौडेलबाहेकका केन्द्रीय सदस्यले लोकमानसिंहको बचाउ गरेका हुन्।

भारतीय राजदूतले प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा सहितका नेताहरुसँग अदालतमा विचाराधीन मुद्दामा संसदमा कुरा उठ्न नसक्ने तर्क सुनाएका थिए। कार्कीलाई समर्थन गर्नुपर्छ केन्द्रीय सदस्यहरुले शुक्रबार त्यही तर्क जस्ताको तस्तै व्यक्त गरेका छन्।

कार्की पक्षमा बोल्ने कांग्रेस केन्द्रीय सदस्यहरुले भारतीय राजदूत रणजीत रायले यसअघि उनको बचाउका लागि दिएको तर्कलाई जस्ताको तस्तै बैठकमा राखेका थिए। भारतीय राजदूतले प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा सहितका नेताहरुसँग अदालतमा विचाराधीन मुद्दामा संसदमा कुरा उठ्न नसक्ने तर्क सुनाएका थिए। कार्कीलाई समर्थन गर्नुपर्छ केन्द्रीय सदस्यहरुले शुक्रबार त्यही तर्क जस्ताको तस्तै व्यक्त गरेका छन्।  महाअभियोग रोक्न भारतीय खुफिया एजेन्सी रिसर्च एन्ड एन्यालाइसिस विङ (र) तथा राजदूत राय सक्रिय भएर लागिरहेका छन्। भारतीय खुफिया एजेन्सी 'र'का नेपालका स्टेशन प्रमुख विवेक जोहरीले राजनीतिक दलका नेता तथा नागरिक समाजका व्यक्तिलाई उपयोग गर्दै महाअभियोग रोक्न प्रलोभन तथा धम्की दिएको सार्वजनिक भइसकेको छ।

मध्यान्हदेखि सुरु भएको बैठकमा बोल्दै केन्द्रीय सदस्य प्रकाशमान सिंहले महाअभियोगको संवैधानिक व्यवस्थाअनुसार अघि बढ्नुपर्ने बताए। उनले सभापतिले सबैको राय लिएर त्यहीअनुसार निर्णय गर्नुपर्ने उल्लेख गरे

एनपी साउँदले महाअभियोगको पक्षमा कांग्रेसले निर्णय गर्नु नहुने बताए। 'अहिले नै महाअभियोगको पक्षमा कांग्रेस जानु हुँदैन', साउँदले भने, 'अदालतमा मुद्दा विचाराधीन छ। यस विषयमा अहिले नै निर्णय गरिहाल्नु उपयुक्त हुँदैन।'

अख्तियारमा कार्कीको नियुक्तिको समयमा त्यसविरुद्ध उभिएका डा.शेखर कोइरालाले समेत शुक्रबार महाअभियोगलाई समर्थन गर्न नहुने घुमाउरो तर्क दिएका थिए। 'नियुक्तिको बेला मैले विरोध गरेको हुँ। अहिले एमालेको षड्यन्त्रमा आएको महाअभियोगलाई समर्थन गरेर अघि बढ्न हुँदैन', उनले बैठकमा भने।

शुक्रबारको बैठकमा प्रकाशमान सिंह, ज्ञानेन्द्रबहादुर कार्की, फरमूल्लाह मंसुर, मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडू, एन.पी. साउँद, डा. शेखर कोइराला, आनन्दप्रसाद ढुंगाना, नविन्द्रराज जोशीले धाराणा राखेका छन्। यसैगरी  कमला पन्त, रत्न शेरचन, जीवन परियार, प्रदीप पौडेल, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, रमेश लेखक र किरण यादवले आ–आफ्नो धारणा राखेका छन्।

बुधबार सुरु भएको बैठकमा सभापति शेरबहादुर देउवाले लोकमान स्वेच्छाचारी भएको भन्दै उनको बचाउ गर्न गाह्रो हुने बताएका थिए। केन्द्रीय समिति बैठक सोमबार बिहान ८ बजे फेरि बस्नेछ।

प्रकाशित: ५ कार्तिक २०७३ १४:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App