coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘जनताको मनबाट ओली सरकार हट्यो’

काठमाडौं – प्रमुख विपक्षी दल नेपाली कांग्रेसले केपी ओली नेतृत्व सरकार पूर्वारूपमा असफल भएको निष्कर्ष निकालेको छ। संसद् अधिवेसन सुरु हुनु एक दिनअघि आइतबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले भ्रष्टाचार अनियमिता जस्ता कुराले ओली नेतृत्वको सरकार जनताको मनबाट हटिसकेको ठहर गरेको हो।

‘सांसदको संख्याका आधारमा ओली अहिले पनि प्रधानमन्त्रीको कुर्सीमा भए पनि जनताको मनबाट अहिलेको सरकारप्रतिको विश्वास र भरोसा समाप्त भएको छ,’ कांग्रेस सांसद् प्रकाश स्नेहीले भने, ‘प्रधानमन्त्रीको कुर्सीमा बसी राख्ने नैतिकता ओलीलाई अब छैन।’ सरकार लोकतान्त्रिक मूल्य मान्यता भत्काउँदै अघि बढेको आरोप लगाउँदै कांग्रेसले बालुवाटारदेखि खुला मञ्चसम्मका जग्गा पार्टीका नेता तथा कार्यकर्ताको नाममा पार्न लागिपरेको जनाएको छ। पँुजीवादको विरोध गर्ने र सम्पूर्ण पार्टीका साथै नेता÷कार्यकर्ता त्यसकै पक्षमा रहेको कांग्रेस नेताको आरोप छ।

त्यस्तै, प्रि–बजेट छलफलबिनै सरकारले बजेट ल्याउने तयारी गरेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ। संसदीय मर्मविपरीत प्रि–बजेट छलफल नगरी बजेट ल्याउने तयारी गरेको आरोप लगाउँदै प्रमुख सचेतक बालकृष्ण खाँणले भने, ‘जनप्रतिनिधिले सदनमा उठाएका विषय सम्बोधन गरेर नीति तथा कार्यक्रम ल्याइन्थ्यो र त्यसकै आधारमा बजेट ल्याउने परम्परा हो तर त्यसलाई लत्याउने काम सरकारले गर्न लागेको छ।’ प्रि–बजेट छलफल नगरे नीति तथा कार्यक्रममाथिको छलफलको कुनै औचित्य नरहेको जनाउँदै खाँणले भने, ‘कांग्रेस यसको प्रतिवाद गर्दछ।’

सोमबारबाट संसद्को बजेट अधिवेशन सुरु भए पनि सरकारले प्रिबजेट छलफल बिनै २० गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ। त्यस्तै, कांग्रेसले संसद्बाट पार्टीको भूमिकालाई अझ प्रभावकारी बनाउने र सरकारका कमजोरी जनतामाझ लैजाने निर्णय गरेको छ।

प्रकाशित: १६ वैशाख २०७६ ०१:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App