५ वैशाख २०८१ बुधबार
राजनीति

एउटा पक्षको कार्यक्रम अर्को पक्षद्वारा बहिस्कार

रौतहट - नेपाली कांग्रेसमा गुटगत राजनीति तल्लो तहसम्म मौलाएको छ। एउटा पक्षले आयोजना गरेको कार्यक्रम अर्को पक्षले बहिस्कार गर्नेसम्म बेथिति रौतहटमा पनि देखिएको छ। नेपाली कांग्रेसको रौतहट क्षेत्र नम्बर २ ले आयोजना गरेको जनसभामा पार्टीका जिल्ला सभापति कृष्णप्रसाद यादव नै अनुपस्थित भए। एक पक्षीय कार्यक्रम भएको र पार्टीको कार्यक्रम नै नभएको दाबी यादवको छ।

कार्यक्रम भव्यताका साथ सम्पन्न बनाउन पार्टी सभापति शेरबहादुर देउवालगायतका केन्द्रीय नेताको प्रचारप्रसार गरिएको थियो। केही महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्षस्थ नेताले रौतहटमा हजारौँको उपस्थितिमा आमसभा गरेपछि शक्ति प्रदर्शनका लागि कांग्रेस सांसद महम्मद आफताब आलम गुटले राखेको कार्यक्रममा पार्टी सभापति देउवा उपस्थित हुन सकेनन्, जिल्ला सभापति यादव पनि गएनन्।

रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद एवं पूर्व जिल्ला सभापति महम्मद आफताब आलम र पूर्वसांसद तथा वर्तमान जिल्ला सभापति कृष्णप्रसाद यादवको गरी जिल्लामा कांग्रेसमा दुई गुट छन्। यादव समूह देउवासँग निकट मानिन्छन् भने आलम समूह पहिलेदेखि नै कोइराला गुटको नजिक मानिन्छ। आलम समूहले यादव समूहलाई होच्याउन राखेको अनुमान गरिएको कार्यक्रममा पार्टी सभापति देउवा अनुपस्थित भए पनि यादव समूहले संयमतापूर्वक प्रतिक्रिया दिएको छ।

जिल्लामा कार्यक्रम राखिएको तर जिल्ला कार्य समितिका पदाधिकारीलाई नै थाहा नभएको अवस्थामा पार्टीको कार्यक्रमभन्दा व्यक्तिको कार्यक्रम भएको जिल्ला सभापति यादवको दाबी छ। उनी भन्छन्, ‘कांग्रेसको कार्यक्रम नभएकाले पार्टी सभापति देउवा नआएका हुन्। कांग्रेसकाका पूर्वकोषाध्यक्षको निधन भएकाले शोक मनाउन तेह्रौँ पुण्य तिथिसम्म पार्टीको तर्फबाट कुनै औपचारिक कार्यक्रम नगर्न र सम्भव भएसम्म शोक मनाउन निर्देशन जारी भएको थियो। पार्टीको केन्द्रीय निर्देशन नमानेर कुनै व्यक्तिले कार्यक्रमको आयोजन गर्दा त्यसमा पार्टी सभापति विवादमा मुछिएर निर्देशनको अपहेलना हुने देखिएकोले देउवा कार्यक्रममा उपस्थित नभएको यादव पक्षको दाबी छ।

केन्द्रीय निर्देशनविपरीत कार्यक्रमको आयोजना गरिएकोप्रति कांग्रेसको एक पक्षले तीव्र असन्तुष्टि जनाएको छ। असन्तुष्ट पक्षको तर्क र पार्टी सभापति देउवा उपस्थित हुन नसकेको बारे पूर्वमन्त्रीसमेत रहेका संघिय सांसद आलमले पाटी एकीकरणका लागि र देशमा एउटा फरक किसिमको सन्देश जाओस् भन्ने उद्देश्यले कांग्रेस क्षेत्र नम्बर २ ले कार्यक्रमको आयोजना गरेको थियो।

कार्यक्रममा पाटीका दुई शीर्ष नेता रामचन्द्र पौडेल र शशांक कोइराला आएपछि कार्यक्रममा मानव सागर नै ओलिएको अफतावले बताए। आफता आलमसँग लभ परेको कारण कार्यक्रममा हजारौं नेता कार्यकर्ता सहभागी भएको र कार्यक्रम ग्रान्ड सक्सेज भएको आलमले बताए। जिल्ला पार्टी कार्यकर्तालाई एक हुन मध्यमार्गी भूमिका निर्वाह गर्दै आएका नेपाली कांग्रेसबाट दुर्गा भगवती गाउँपालिकामा अध्यक्ष पदमा निर्वाचित अरुण साहले जिल्लाको अहिलेको राजनीतिक अवस्था चिन्तालाग्दो भएको प्रतिक्रिया दिएका छन्। पार्टीको आन्तरिक मतभेदलाई पार्टीभित्रै छलफलद्वारा समाधान गर्नुपर्नेमा विवाद बाहिर आएकोमा साह दुःख व्यक्त गर्दै केही समयमा नै पार्टीभित्रको गुटउपगुट समाप्त हुने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित: १६ वैशाख २०७६ ०१:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App