७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेकपाका जिल्ला अध्यक्ष र सचिवको सपथः सुदूरपश्चिममा ३ सचिवद्वारा बहिष्कार

धनगढी– नेकपाका सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका अध्यक्ष र सचिवले आइतवार पद तथा गोपनियताको सपथ खाएका छन्। नेकपाको प्रदेश कार्यालयमा नेकपाका सुदूरपश्चिम इन्चार्ज भीम रावलले सपथ खुवाएका हुन। 

३ जिल्लाका सचिवले भने असन्तुष्टि जनाउँदै सपथ बहिष्कार गरेका छन्। तत्कालिन नेकपाका डडेल्धुरा पूर्व जिल्ला अध्यक्ष डा.तारा जोशी, बझाङका तत्कालिन एमालेका पूर्व अध्यक्ष दिलबहादुर सिंह र दार्चुलाका तत्कालिन एमालेका पूर्व अध्यक्ष रामदत्त जोशी रहेका छन्। वरियतामा तल पारेको भन्दै असहमति जनाएका ३ जना सपथ कार्यक्रममा समेत उपस्थित भएनन्।

उनीहरुले समायोजनको मापदण्ड अव्यवहारिक र अबैज्ञानिक भएको बताएका छन्। ‘पार्टीको पद्धति हामीले स्विकार्ने हो तर एक जना व्यक्ती हेरेर पुरै मापदण्ड बनाउँदा यो अबैज्ञानिक भयो’, डा जोशीले भने, ‘मलाई एक पटक पनि नसोधेर सचिव तोकेको हो। म सचिवमा बस्दैन भनेर नेतृत्वलाई जानकारी गराएको हुँ।’ बौद्धिक नेता मानिने जोशी ११ बर्ष लगातार डडेल्धुराको जिल्ला नेतृत्व गरेकाले उनले सचिवमा वस्न अस्विकार गरेका हुन। ‘११ बर्ष जिल्लाको नेतृत्व गरिसके, म अध्यक्षमै बस्न इच्छा नभएका बेला सचिवमा बस्ने कुरो नै भएन’, उनले भने, ‘एक जना व्यक्ती हेरेर अवैज्ञानिक रुपमा समायोजन भयो।’ धनगढीमै रहेका उनी सपथ खुवाएको कार्यक्रममा समेत सहभागी भएनन्। डडेल्धुरामा तत्कालीन माओवादी जिल्ला संयोजक मालसिंह माललाई अध्यक्षमा नियुक्त गरिएको छ। नेकपाका स्थानीय कार्यकर्ताका अनुसार अध्यक्षको जिम्मेवारी पाएका माल राजनीतिक रुपमा जोशीभन्दा जुनियर हुन्।

यसैगरी बझाङका सिंहले अव्यवहारिक र अन्यायपूर्ण समायोजन भएकाले आफुले सचिव पद अस्विकार गरेको बताएका छन्। बझाङ तत्कालिन एमालेको ठूलो संगठन र माओवादीको कमजोर संगठन भएकाले एकिकरण पछि आफूलाई सचिव दिएको कुरा अव्यवहारिक र अन्यायपूर्ण भएको उनको भनाई छ। ‘समायोजनको मापदण्ड पार्टीको बिधीसम्मत भएन’, उनले भने। तत्कालीन माओवादी प्रदेश कार्यालय सचिव मीनबहादुर कुँवरले बझाङमा अध्यक्षको सपथ खाएका छन्।

जिल्लामा बलियो पकड भएको र १३ मध्ये ८ स्थानीय तहमा जितेकाले नेतृत्व तत्कालीन एमालेले पाउनुपर्ने पर्नमा जुनियर मुनी सचिव राखेको उनको भनाई छ। ‘६ वर्षदेखि जिल्ला अध्यक्ष मा बसेको व्यक्तीलाई जुनियर मुनी सचिव राख्ने कामप्रति मेरो असन्तुष्टि छ’, उनले भने।

यसैगरी दार्चुलाका सचिव जोशीले जुनियर मुनी बस्न नसक्ने भन्दै अस्विकार गरेका छन्। दार्चुला जिल्ला अध्यक्षमा नियुक्त गणेशसिंह खत्री एकीकरण हुनुअघि तत्कालीन माओवादी जिल्ला संयोजक थिए।

सुदूरपश्चिमका ९ जिल्ला मध्य तत्कालिन एमालेका भागमा ५ अध्यक्ष र माओवादीका भागमा ४ जना अध्यक्ष हुने गरि भागवण्डा गरिएको थियो। एकीकरणमा विवाद देखिएका तीनै जिल्लामा तत्कालीन माओवादीले अध्यक्ष पाएको छ।

जिल्लामा अध्यक्ष नपाएको पार्टींको अध्यक्ष सचिव हुनेगरी एकिकरण टुंग्याएको थियो।  

कञ्चनपुर, बझाङ, डडेल्धुरा र दार्चुला माओवादीको भागमा अध्यक्ष परेका थिए। तत्कालिन एमालेका ३ अध्यक्षले सचिवमा बस्न अस्विकार गरेपनि तत्कालिन माओवादीका ५ अध्यक्ष सचिबमा बस्न मन्जुर भएर सपथ खाएका छन्।

कञ्चनपुरका तत्कालिन एमालेका पूर्व अध्यक्ष तारालामा तामाङले भने सचिव स्विकारेका छन्। सो अवसरमा ९ जिल्लाका अध्यक्ष र ६ जिल्लाका सचिवले सामूहिक रुपमा सपथ ग्रहण गरेका थिए।

सपथ ग्रहण समारोहमा नेकपा प्रदेश इन्चार्ज रावलले पार्टीका सबै नेता कार्यकर्ताले एकताको भावनालाई सम्मान गर्नुपर्ने बताएका छन्। एकतालाई कमजोर बनाउने प्रयास नगर्न उनले आग्रह गरे।

प्रकाशित: १५ वैशाख २०७६ १६:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App