coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

बेंग्लोरमाथि १६ रनको जित निकाल्दै दिल्ली प्लेअफमा

काठमाडौं– विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेंग्लोरमाथि १६ रनको जित निकाल्दै दिल्ली क्यापिटल्स १२औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ। साथै चेन्नई सुपर किंग्सलाई उछिन्दै आइपीएलको शीर्ष स्थानमा उक्लिएको छ। चेन्नई यसअघि नै प्लेअफमा पुगिसकेको छ। १२/१२ खेल खेलेका दिल्ली र चेन्नईले ८ मा जित र ४ मा हार व्यहोर्दै प्लेअफमा प्रवेश गरेका हुन्। रनरेटका आधारमा दिल्ली अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको हो। 

आजको खेलमा घरेलु मैदान फिरोज शाह कोट्ला स्टेडियममा टस जितेर पहिले व्याटिङ गरेको दिल्लीले ५ विकेटको क्षतिमा १८८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी व्याटिङ गरेको बेंग्लोर ७ विकेटको क्षतिमा १७१ रनमा समेटिँदा खेल दिल्लीको पोल्टामा पर्यो। बेंग्लोरका लागि पार्थिव पटलले ७ चौका र १ छक्कासहित ३९ रन बनाए पनि जितका पर्याप्त भएन। गुरकिरत सिंहले २६, शिभम डुडेले २४, कप्तान विराट कोहलीले २३, एबी डि भिलियर्सले १७ रन जोडे। मार्क्स स्टोनिस (२२) नटआउट रहे। 

दिल्लीका लागि अमित मिश्रा र कगिसो राबाडाले समान २ विकेट लिए। इशान्त शर्मा, अक्षर पटेल र शेरफन रुथरफोर्ड १÷१ विकेट लिए। नेपाली स्पिनर सन्दीप लामिछानेको बलिङ भने फितलो रह्यो। उनले २ ओभर मात्रै खेल्न पाए। 

यसअघि घरेलु मैदानमा टस जितेर व्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८७ रनको योगफल बनायो। दिल्लीका लागि कप्तान श्रेयस अय्यरले २ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रन बनाए। शिखर धवनले ५ चौका र २ छक्कासहित ५० रन जोडे। शेरफन रुथरफोर्ड (२८) र अक्षर पटेल (१६) नटआउट २८ रन बनाए। 

बेंग्लोरका लागि युजभेन्द्र चाहलले २ विकेट लिए। नभदीप सैनी, वाशिंटन सुन्दर, उमेश यादवले १/१ विकेट लिए। 

प्रकाशित: १५ वैशाख २०७६ १३:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App