८ वैशाख २०८१ शनिबार
समाज

बसको ढोकाबाट खस्दा एकको मृत्यु, एक घाइते

रामेछाप– आइतबार विहान दोलखाबाट काठमाडौं यात्रु लिएर हिडेको अरनिको यातायात सेवा समितिको बा. ३ ख ३२६१ नम्बरको बसको ढोकाबाट खस्दा एकको मृत्यु भएको छ भने एक घाइते भएका छन्। 

आइतबार विहान बसमा चढेर सदरमुकाम मन्थली आउँदै गरेका मन्थली नगरपालिका २ टेकानपुरकी २२ बर्षीया सुमित्रा कार्की र १६ बर्षीया मनिषा कार्की गाडीको ढोकाबाट खसेका हुन। गाडी चढेर ढोकाकै छेउमा उभिएका उनीहरु केही समयमै सडकको मोडमा गाडी मोडिने क्रममा खसेका हुन।  गाडीबाट खसे लगत्तै उनलाई गाडीले ठक्कर दिएको थियो। घाइते दुबैलाई मन्थली स्थित तामाकोशी सहकारी अस्पतालमा उपचार पश्चात थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको थियो। 

उपचारका लागि लैजादै गर्दा सुमित्रा कार्कीको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक शेख अदालतले जानकारी दिए। अर्की घाइते मनिषा कार्कीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। गाडी र सवारी चालकलाई भने प्रहरीले नियन्त्रणमा लिए राखेको प्रहरीले जनाएको छ। 

पौडी खेल्न गएका युवक नदीमा बेपत्ता

यस्तै, रामेछाप र ओखलढुंगा जिल्लाको सिमाना भएर भए लिखु नदीमा पौडी खेल्न एक युवक नदीमा बेपत्ता भएका छन्। जिल्लाको लिखु तामकोशी गाउपालिका वडा नं २ फेदीमा निर्माणाधिन सेतगंगा हाइड्रो पावर को सुरुङमा कार्यरत एक युवक वेपत्ता भएका हुन। 

आइतबार दिउँसो कम्पनीबाट पौडी खेल्न गएका गोर्खा जिल्ला घर भएका २६ बर्षिया रामबाबु बुढाथोकीको बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनको दिउँसोदेखि नै हाइड्रोपावरका कर्मचारी, स्थानीय व्यक्ति र प्रहरीले खोजी कार्य जारी राखेका छन्।

प्रकाशित: १५ वैशाख २०७६ १३:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App