८ वैशाख २०८१ शनिबार
समाज

बसले स्कुटी ठक्कर दिँदा एकको मृत्यु

इनरुवा-यात्रुबाहक बसको ठक्करबाट धरानमा आज एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धरान– ८ का हेमन्त गुरुङग रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

धरानबाट इटहरीतर्र्फ आउँदै गरेको ना।४ ख ५३८७ नं को यात्रुबाहक बसले विपरीत दिशाबाट आउँदै गरेको को १६ प ४९३० नं को स्कुटरलाई धरान उपमहानगरपालिका– ८ मा ठक्कर दिँदा स्कुटरमा सवार गुरुङगको मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका गुरुङगको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बस र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेको छ । रासस

प्रकाशित: ५ कार्तिक २०७३ ११:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App