७ वैशाख २०८१ शुक्रबार
समाज

'कर छल्ने एनसेल र संरक्षकलाई बहिष्कार गरौं'

काठमाडाैं- निजी क्षेत्रको टेलिकम कम्पनी एनसेल र संरक्षण गर्नेहरूलाई सरोकारवालाहरूले बहिष्कार गर्नुपर्ने धारणा राखेका छन्। आइतबार काठमाडौंमा संवाद डबलीमा भएको कार्यक्रममा बोल्दै 'नो ट्याक्स नो एनसेल' अभियान सञ्चालन गर्दै आएका अभियान्ताहरुले एनसेलको सिमसँगै कर छलिलाई संरक्षण र प्रोत्साहान गर्नेहरुलाई बहिष्कार गर्नुपर्ने समय आएको धारणा राखेका हुन्।

कार्यक्रममा बोल्दै पूर्वसचिव डा. द्वारीकानाथ ढुङ्गेलले ठूला भनिएका दलका शिर्ष नेताहरुले नै एनसेललाई कर नतिर्न प्रोत्साहन गरिरहेको आरोप लगाएका छन्। 'एनसेल कर तिर्ने सर्तमा नेपाल आएको हो र उ कर तिर्न पनि चाहन्छ। तर हाम्रो सिंहदरबार निदाएको छ, नेताहरु कमिशनको पछि कुदिरहेका छन्' ढुंगेलले भने।

नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता नरबहादुर कार्कीले एनसेलले नेपालमा ब्यापार गर्ने नैतिक आधार गुमाइसकेको बताए। उनले दलाल राजनीतिक नेतृत्व, कर्पोरेट मिडिया र अदालतको संरक्षणमा एनसेल टिकिरहेको आरोप लगाए।

त्यस्तै नायिका एवं सामाजिक अभियन्ता रेखा थापाले जुनसुकै सर्तमा पनि सरकारले एनसेलबाट कर असुल्नु पर्ने धारणा राखेकी छिन्। भ्रष्टाचार र व्यथितिविरुद्ध बोल्ने व्यक्तिलाई विभिन्न किसिमको ट्याग लगाउने गरिएको भन्दै उनले सरकारलाई प्रश्न गरिन्, उता गाउँमा सिटामोल नपाएर गरिब जनताको मृत्यु भइरहेको छ। 'एनसेलले अर्बौं कर तिर्न मानिरहेको छैन्, कसले संरक्षण गरिरहेको छ? थापाले प्रश्न गरिन्। परिवर्तनका लागि आवाश्यक परे आफु मर्न पनि तयार रहेको बताउँदै थापाले कर नतिर्ने एनसेलको सिम बहिष्कार गर्न युवाहरुलाई आग्रह समेत गरिन्।

कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले एनसेल कर छलिविरुद्धको आन्दोलन कुनै व्यक्ति, संगठन्, पार्टी विशेषको नभएर तीन करोड नेपालीसँग सरोकार राख्ने विषय भएको बताए। अदालतबाट सकारात्मक निर्णय हुने अपेक्षासहित आफुहरुले सर्वोच्च अदालतको ढोका ढकढक्याएको जानकारी दिँदै भण्डारीले सडकबाट पनि निरन्तर खबरदारी गर्न आम नागरिकलाई आग्रह गरे।

प्रकाशित: १५ वैशाख २०७६ ११:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App