७ वैशाख २०८१ शुक्रबार
राजनीति

जागरण अभियानमा कांग्रेसले कानून व्यवसायी खटाउने

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियानमा कानून व्यवसायी खटाउने निर्णय गरेको छ। 

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले बैशाख २५ गतेदेखि सुरुहुने हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियानलाई बढीभन्दा बढी मर्यादित, अनुशासित एवं व्यवस्थित गर्न कानून व्यवसायी खटाउने निर्णय गरेको सचिव प्रेम केसीले जानकारी दिएका छन्। 

‘पार्टीका कुनै पनि नेता तथा कार्यकर्ताले पार्टी हित विपरित काम कारवाही एवं अभिव्यक्ति दिएमा तत्काल केन्द्रीय अनुशासन समितिलाई जानकारी गराउन ७७ वटै जिल्लामा नेपाल प्रजातान्त्रिक कानून व्यवसायी संघलाई स्थलगत अनुगमन तथा निरीक्षण गरिदिन अनुरोध गर्ने निर्णय बैठकले गरेको छ’, केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

जागरण अभियानका लागि कांग्रेसले केन्द्रीय सदस्य जिल्ला जिल्लामा खटाइसकेको छ।

प्रकाशित: १५ वैशाख २०७६ १०:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App