coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जुवातास खेल्ने ११ जना मुलपानीबाट पक्राउ

काठमाडौं– महानगरीय प्रहरीले जुवातास खेल्ने ११ जनालाई कागेश्वरी मनोहरा नगरपालिकाबाट नियन्त्रणमा लिएको छ। 

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले कागेश्वरी मनोहरा ६ तिवारीटोलस्थित प्रेम तिवारीको घरमा डेरा गरी बस्ने सिन्धुपाल्चोकका ५४ वर्षीय रेन्जेन दोङको नेतृत्वमा पैसाको हारजित हुनेगरी जुवा खेल्ने तथा खेलाउने ११ जनालाई पक्राउ गरेको हो। 

प्रहरीले उनीहरुबाट ३ बुक तास, १ लाख १६ हजार ८ सय १५ रुपैयाँ नगद बरामद गरेको छ। उनीहरुमाथि अनुसन्धान भइरहेको काठमाडौं प्रहरी प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। 

प्रकाशित: १५ वैशाख २०७६ ०८:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App